Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रतिनिधिसभामा प्रधानमन्त्रीको अभिव्यक्तिले विपक्षीको अवरोध, बैठक भोलिसम्म स्थगित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १८ २०८३
  • 1K
    SHARES

काठमाडौं । विपक्षी दलहरूको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ। सभामुख डोलप्रसाद अर्यालले बैठक जेठ १९ गतेसम्मका लागि स्थगित भएको जानकारी दिए।

यसअघि सोमबार बसेको बैठक विपक्षी दलहरूको विरोधका कारण १५ मिनेटका लागि स्थगित गरिएको थियो। तर पुनः सुरु भएको बैठकमा पनि विपक्षी सांसदहरूले अवरोध जारी राखेपछि संसद्को कामकारबाही अघि बढ्न सकेन।

प्रधानमन्त्री वालेन्द्र शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको रहेछ’ भन्ने अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै विपक्षी दलहरूले संसद्मा विरोध जनाएका हुन्। विपक्षी सांसदहरूले प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हितविपरीत रहेको भन्दै त्यसबारे स्पष्टिकरण र अभिव्यक्ति सच्याउनुपर्ने माग गरेका छन्।

लगातारको अवरोधका कारण प्रतिनिधिसभाको बैठक निर्धारित कार्यसूचीमा प्रवेश नगरी स्थगित गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४