Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपक्षी दलका सांसदहरूको नाराबाजी र चर्को विरोधकाबीच पनि प्रतिनिधिसभाको नयाँ नियमावली पारित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ १८ २०८३
  • 741
    SHARES

काठमाडाैं । विपक्षी राजनीतिक दलका सांसदहरूको नाराबाजी र चर्को विरोधकाबीच पनि प्रतिनिधिसभाको आइतबार बसेको बैठकले नयाँ नियमावली पारित गरेको छ ।

प्रतिनिधिसभाको नयाँ नियमावलीले सांसदहरूका लागि विशेष कानूनी संरक्षण र विशेषाधिकार प्रदान गरेको हाे । नियमावलीको नियम २५९ अनुसार प्रचलित अन्य कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि सभा, समिति र सांसदहरूको हकमा यो नियमावली विशेष कानुनसरह लागू हुने लेखिएको छ । त्यस्तै, नियम २६१ मा यस नियमावलीबमोजिम सम्पादन गरिने सम्पूर्ण कामकारबाहीलाई संसद्को आन्तरिक मामिला मानिने र यस सम्बन्धमा कुनै पनि अदालतमा प्रश्न उठाउन नपाइने उल्लेख गरिएकाे छ ।

यस नियमावलीको अन्तिम व्याख्या गर्ने पूर्ण अधिकार सभामुखलाई सुम्पिएको हाे । यो नयाँ व्यवस्था सांसदहरूको निलम्बन र पक्राउ प्रक्रियासँग समेत जोडिएको छ । नियमावलीको नियम २४७ मा सांसद पक्राउको जानकारी दिने व्यवस्था रहेकाे छ । जसअनुसार संविधानको धारा १०३ लाई आधार मान्दै संसद् अधिवेशन चालू रहेको अवधिभर कुनै पनि सांसदलाई पक्राउ गर्न नपाइने विशेषाधिकार सुनिश्चित गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४