Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सभामुख अर्यालप्रति विपक्षी सांसदको असन्तुष्टि, ‘निष्पक्ष भूमिका देखिएन’


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, जेष्ठ १६ २०८३
  • 380
    SHARES

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित विपक्षी दलका सांसदहरूले प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष नरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै सांसदहरूले सभामुखले संसद सञ्चालनमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गरेका हुन् ।

नेपाली काँग्रेसकी सांसद गीताकुमारी सेन्दाङले प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन सभामुखले आवश्यक रुलिङ गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन् । उनले सभामुख संसदमा ‘निरिह’ जस्तो देखिएको आरोप लगाउँदै निष्पक्ष रूपमा भूमिका निर्वाह गर्न आग्रह गरिन् ।

उनले भनिन्, ‘सभामुखले राष्ट्रको सभामुखको रूपमा प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराउन रुलिङ गर्नुपर्थ्यो । हामीले यस विषयमा धेरै पटक दबाब पनि दिएका थियौँ । प्रतिपक्षमा बसेर विरोधका लागि मात्रै विरोध गरेका होइनौँ ।’

नेकपा (एमाले) की सांसद साजिदा सिद्धिकी खातुनले सभामुख अर्याल सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देखिएको आरोप लगाइन् । उनले सभामुख, प्रधानमन्त्री, मन्त्रीलगायत सबै संवैधानिक पदाधिकारी निष्पक्ष हुनुपर्ने बताउँदै हालको व्यवहारबाट आफू सन्तुष्ट नरहेको बताइन् ।

उनले भनिन्, ‘सभामुख रास्वपाभन्दा बाहिर निस्कनै सक्नुभएन भन्ने महसुस भयो । उहाँ देश र जनताको सभामुख बन्न सक्नुभएको भए अझ राम्रो हुन्थ्यो । प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने अवस्थामा हामीले आवाज उठाउने कि नउठाउने ?’

यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती विश्वकर्माले पनि सभामुख संसदप्रति जवाफदेही नभएको आरोप लगाइन् । उनले संसदमा महिलाको प्रतिनिधित्व अझै बढाउनुपर्ने आवश्यकता औंल्याउँदै जनसंख्याको आधारमा राज्यका सबै निकायमा महिलाको सहभागिता सुनिश्चित हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘महिलाको जनसंख्या ५१ प्रतिशत भएकाले संसदमा पनि त्यही अनुपातमा प्रतिनिधित्व हुनुपर्छ । अहिलेको उपस्थितिबाट हामी सन्तुष्ट छैनौँ ।’

सांसद विश्वकर्माले सरकारले देश र जनताको हितविपरीत कुनै गतिविधि गरे त्यसको कडा प्रतिवाद गरिने चेतावनी समेत दिइन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४