Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानसँग युद्ध अन्त्य गर्न महत्त्वपूर्ण शान्ति सम्झौता अन्तिम चरणमा पुगेको राष्ट्रपति ट्रम्पको दावी


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ १० २०८३
  • 494
    SHARES

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्यका लागि महत्त्वपूर्ण शान्ति सम्झौता करिब अन्तिम चरणमा पुगेको दावी गर्नुभएकाे छ ।

राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत सम्झौताका अन्तिम विवरणहरू छिट्टै सार्वजनिक गरिने समेत जानकारी गराउनुभएको हाे । प्रस्तावित सम्झौतामा विश्व व्यापारका लागि अत्यन्त संवेदनशील मानिने हर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने विषय मुख्य रूपमा समावेश छ । राष्ट्रपति ट्रम्पले यसकाे बारेमा थप विवरण भने खुलाउनुभएको छैन । इरानका विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघायी हमानेहले पनि अमेरिकी र इरानबीचको शान्ति वार्ता अत्यन्तै सकारात्मक रूपमा अघि बढेको बताउनुभयाे ।

तर मुख्य विषयहरूमा अझै पूर्ण सहमति नभएको र अमेरिकाले विरोधाभासी अभिव्यक्ति दिइरहेको इरानले आरोप लगाइरहेको छ । बीबीसीले राष्ट्रपति ट्रम्पले साउदी अरेबिया, युएई र कतारसहित अन्य खाडी देशका नेताहरूसँग वार्ता सकारात्मक भएको बताउनुभएको छ । उहाँले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँगको संवाद पनि सकारात्मक रूपमा चलिरहेको बताउनुभयाे ।

गत फेब्रुअरी २८ तारिखमा अमेरिका र इजरायलले इरानमाथि संयुक्त रूपमा ठूलो आक्रमण गरेका थिए । अप्रिलको शुरुवातमा युद्ध विराम भएपछि अमेरिका र इरानबीच दीर्घकालीन शान्ति सम्झौताका लागि वार्ताको प्रयास भइरहेको छ । यसको मध्यस्थता पाकिस्तानले गरिरहेको छ । पाकिस्तानका सेना प्रमुख आसिम मुनीर इरानको राजधानी तेहरान पुग्नुभएको छ ।

दुई देशबीचको युद्धले अहिलेसम्म ठूलो क्षति भइसकेको छ । विश्वभर तेल आपूर्तिमा अवरोधसँगै मूल्य तीव्र रूपमा बढेको हाे । इरानको तेल निर्यात लगभग ठप्प हुँदा उसको अर्थतन्त्रमा ठूलो दबाब परेको छ । अमेरिका र युरोपमा पनि मुद्रास्फीति तथा इन्धन खर्च बढेको हाे ।

युद्ध अन्त्य नभए विश्वव्यापी आर्थिक मन्दीको जोखिम बढ्ने विश्लेषण भइरहेको बीबीसीले जनाएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४