काठमाडौं । लालीबजार विरुद्ध बादी समुदायका प्रतिनिधिहरूले विरोध प्रदर्शन गरेका छन्। समुदायको मानमर्दन र चरित्र हत्या हुनेगरी चलचित्र निर्माण गरिएको आरोप उनीहरूले लगाएका छन्।
प्रदर्शनकारीहरूले बादी समुदायको गर्विलो इतिहासलाई बङ्ग्याएर समाजमा नकारात्मक भ्रम फैलाउन खोजिएको बताएका छन्। उनीहरूले चलचित्रको निर्माण तथा प्रदर्शन तत्काल रोक्न सम्बन्धित निकायसँग माग गरेका छन्।
विरोध कार्यक्रममा सहभागी अधिकारकर्मीहरूले “बादी जातिको सम्मान कायम गर” र “लालीबजार चलचित्र बन्द गर” लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरेका थिए।
उनीहरूका अनुसार चलचित्रमा समावेश केही दृश्यहरूले बादी समुदायको सम्मान र नैतिकतामाथि प्रहार गरेको छ।