Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अध्यादेशको प्रभाव: त्रिवि पदाधिकारी राजीनामा दिने तयारीमा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, बैशाख १७ २०८३
  • 1.1K
    SHARES

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिने तयारीमा रहेका छन् । सरकारले राजनीतिक नियुक्ति लिएकाहरूलाई पदमुक्त गर्ने प्रावधानसहित अध्यादेश ल्याएपछि यस्तो अवस्था आएको हो ।

उपकुलपति दीपक अर्यालका अनुसार पदाधिकारीहरूबीच यस विषयमा छलफल जारी छ । “हामी सल्लाह गर्दै छौँ, निर्णय गरिसकेका छैनौँ,” उनले भने ।

त्रिवि स्रोतका अनुसार उपकुलपति अर्यालसहित शिक्षाध्यक्ष खड्ग केसी र रजिस्ट्रार केदारप्रसाद रिजालले पनि राजीनामा दिने तयारी गरेका छन् ।

सरकारले हालै ल्याएको अध्यादेशमार्फत विगतमा राजनीतिक रूपमा नियुक्त पदाधिकारीहरूलाई पदमुक्त गर्ने व्यवस्था प्रस्ताव गरेपछि शैक्षिक क्षेत्रसमेत यसको प्रभावमा परेको देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४