Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विपक्षीलाई थुन्न अध्यादेश ल्याइएको होइन: रवि लामिछाने


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, बैशाख १६ २०८३
  • 950
    SHARES

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले राष्ट्रपति समक्ष सिफारिस गरेको अध्यादेशबारे पार्टीको धारणा संसदीय दलका सांसदहरूलाई स्पष्ट पारेका छन् ।

बुधबार बसेको संसदीय दलको बैठकमा उनले विगतका सरकारहरूले अध्यादेशलाई दल फुटाउने वा विपक्षीलाई कमजोर बनाउने उद्देश्यका लागि प्रयोग गरेको आरोप लगाउँदै अहिलेको अभ्यास भने सुधारमुखी भएको बताएका हुन् ।

लामिछानेका अनुसार पुराना गलत नियुक्ति र अनावश्यक दलियकरण नसच्याएसम्म जनताले सरकारबाट अपेक्षित परिणाम पाउन सक्दैनन् । उनले अहिलेको अध्यादेशलाई कसैलाई दुःख दिन वा सुविधा दिन नभई आवश्यक सुधारका लागि गरिएको कानुनी अभ्यासका रूपमा व्याख्या गरे ।

उनले भने, “यो कदम कानुनी दायराभित्र रहेर गरिएको अभ्यास हो । कानुन, राजनीतिक व्यवहार र लोकतान्त्रिक पद्धतिप्रति रास्वपा कति गम्भीर छ भन्ने कुरा पनि यसले देखाउँछ ।”

साथै, उनले संसदीय समितिहरूको उदाहरण दिँदै विगतमा प्रधानमन्त्रीकै दलका सांसद लेखा समिति सभापति बनेको अवस्था रहेको उल्लेख गरे । रास्वपाले भने त्यस्ता अभ्यास सच्याउने प्रयास गरेको दाबीसमेत उनले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४