Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

घरभित्र पसेको निहुँमा दलित बच्चामाथि निर्घात कुटपिट, तीन जना पक्राउ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १५ २०८३
  • 589
    SHARES

रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका–५ कुईनेटा घरभित्र पसेको निहुँमा दलित बच्चामाथि निर्घात कुटपिट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गत शुक्रबार खगेन्द्र विक नाम गरेका ११ वर्षीय बालक स्थानीय भीम बहादुर खत्रीको घरमा पसेको निहुँमा निर्घात कुटपिट भएका हुन् ।

घटनापछि प्रहरीले भीम बहादुर खत्री, मस्त बहादुर खत्री र उनीहरूकै परिवारका अन्य एक सदस्य गरी तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रशासन कार्यालय रोल्पाका प्रजिअ गंगा बहादुर क्षेत्रीले बताएका छन् ।

उनले भने, ‘घटना वैशाख ११ गतेको हो । भीम बहादुर खत्रीको घरमा पसेको निहुँमा कुटपिट गरिएको भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । थप अनुसन्धान अघि बढाइएको छ ।’

कुटपिटपश्चात् बालकलाई उपचारका लागि दाङ लगिएको थियो । उनलाई अस्पतालले हिजो (सोमबार) डिस्चार्ज दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४