Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हर्मुज जलडमरूमध्य खोल्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, बैशाख १५ २०८३
  • 1.2K
    SHARES

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार हर्मुज जलडमरूमध्य पुनः खोल्न आह्वान गरेका छन् । सामुन्द्रिक क्षेत्रमा जलमार्गको सुरक्षा र संरक्षण सम्बन्धी सुरक्षा परिषद्को खुला बहसका क्रममा गुटेरेसले उक्त कुरा बताएका हुन् ।

गत मार्चको सुरुदेखि हर्मुज जलडमरूमध्यबाट ढुवानीमा आएको अवरोधले विश्वव्यापी ऊर्जा सुरक्षा, खाद्य आपूर्ति र व्यापारमा गम्भीर असर पारेको छ । हर्मुज जलडमरूमध्य विश्वको सबैभन्दा महत्वपूर्ण सामुन्द्रिक चोकपोइन्टहरू मध्ये एक हो ।

यसले विश्वव्यापी तेल व्यापारको झन्डै एक–पाँच भाग, विश्वव्यापी तरल प्राकृतिक ग्यासको एक–पाँच भाग र अन्तर्राष्ट्रिय रूपमा व्यापार हुने मलको झण्डै एक–तिहाइ भाग बोक्छ । गुटेरेसकाअनुसार आर्थिक झटका तत्काल महशुस गरिएको छ र सबैले यसको मूल्य तिरिरहेका छन् ।

ऊर्जा र वस्तु बजारहरूमा चरम अस्थिरता, ढुवानी र बीमा लागतमा वृद्धि, र कोभिड–१९ र युक्रेन युद्धपछिको सबैभन्दा खराब आपूर्ति श्रृंखला अवरोध देखिएको छ । यी दबाबहरू खाली इन्धन ट्याङ्की, खाली पसलका दराजहरू र भोकै बस्नुपर्ने स्थितिमा परिणत भइरहेका छन् । मानवीय क्षति बढ्दो छ ।

ढिलाइ र बढ्दो लागतले जीवन बचाउने डेलिभरीहरू सुस्त बनाइरहेको छ । यो संकट खेतीपातीको महत्वपूर्ण सिजनसँग जुधिरहेको छ । लामो समयसम्मको अवरोधले विश्वव्यापी खाद्य संकट निम्त्याउने जोखिम छ – जसले विशेष गरी अफ्रिका र दक्षिण एसियाका लाखौं मानिसहरूलाई भोक र गरिबीमा धकेल्न सक्छ ।

यो भार सबैभन्दा बढी कम विकसित देशहरू र साना टापु विकासशील राष्ट्रहरूमा परिरहेको छ । ती राष्ट्रहरू जो सामुन्द्रिक आयातमा सबैभन्दा बढी निर्भर छन् । महासचिवले यो घडी संयम, संवाद र विश्वास निर्माणको समय भएको बताए ।

उनले साझा आधार फेला पार्न मद्दत गर्ने प्रश्ताव राख्दै अन्तर्राष्ट्रिय कानूनको सम्मान र सामुद्रिक असुरक्षाका मूल कारणहरूलाई सम्बोधन गर्न आह्वान गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४