Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

इरानद्वारा कतारस्थित अमेरिकी अल उदैद सैन्य बेसमा क्षेप्यास्त्र प्रहार


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २० २०८२
  • 1.2K
    SHARES

काठमाडौं । इरानले कतारस्थित अमेरिकाको अल उदैद एयर बेसमा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ ।

अल उदैदमा रहेको अमेरिकी सेनाको विशाल सैन्य अखडामा इरानी क्षेप्यास्त्र खसेको बताइएको छ । यो खाडी क्षेत्रमा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य बेस हो । कतारको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै इरानबाट कतारलाई निशाना बनाएर दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको जानकारी दिएको छ ।

कतारी रक्षा मन्त्रालयका अनुसार हवाई प्रतिरक्षा प्रणालीले एउटा क्षेप्यास्त्रलाई बीचैमा नष्ट गरेको थियो भने अर्को क्षेप्यास्त्र अल उदैदस्थित बेस क्षेत्रमा खसेको हो । उक्त सैन्य अखडामा करिब १० हजार अमेरिकी सैनिक तथा गैरसैनिक कर्मचारी तैनाथ रहने गर्दछन् ।

मध्यपूर्वमा अमेरिकी सेनाको कमान्ड सञ्चालन हुने यो सैन्य शिविर United States Central Commandसँग आबद्ध रहेको बताइएको छ, जसको मुख्यालय फ्लोरिडामा रहेको छ ।

यसैबीच, इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कर्प्सले मध्यपूर्व क्षेत्रमा अमेरिकी तथा इजरायलका सैन्य अखडाहरूमा करिब ४० वटा क्षेप्यास्त्र प्रहार गरेको दाबी गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४