Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिमी वायुको प्रभाव: देशका पहाडी क्षेत्रमा बदली, वर्षा र हिमपातको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, चैत्र १७ २०८२
  • 589
    SHARES

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार बिहान लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । गण्डकी प्रदेश का केही पहाडी क्षेत्रमा हल्का वर्षा भइरहेको जनाइएको छ ।

महाशाखाका अनुसार दिउँसो कोशी प्रदेश र मधेश प्रदेश सहित देशका पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ । तराई भू-भागमा आंशिक बदली रहने जनाइएको छ । कोशी प्रदेश लगायत देशका पहाडी–हिमाली तथा अन्य केही स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राति कोशी प्रदेश लगायत देशका हिमाली भू-भागमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम मुख्यतया सफा रहनेछ । बागमती प्रदेश, गण्डकी र कर्णाली प्रदेश का हिमाली भू-भागका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४