Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उतारचढावपछि सेयर बजार बढेर बन्द, नेप्से २९३६ मा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ९ २०८२
  • 855
    SHARES

काठमाडौं । सोमबार दिनभर उतारचढावमा रहेको सेयर बजार अन्ततः बढेर बन्द भएको छ। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ५.०१ अंकले बढ्दै २९३६ अंकमा पुगेको हो।

दिउँसो २:३४ बजे २९११ अंकसम्म झरेको बजार अन्तिम समयमा सुधारिँदै उकालो लागेको देखिएको छ। यद्यपि, कारोबार रकम भने घटेको छ। अघिल्लो दिन २३ अर्ब ५९ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार १५ अर्ब ७८ करोड रुपैयाँमा सीमित रह्यो।

आज १०२ कम्पनीको सेयर मूल्य बढ्दा १५४ कम्पनीको घट्यो भने ८ कम्पनीको स्थिर रह्यो। समूहगत रूपमा उत्पादन तथा प्रशोधन समूह १.५३ प्रतिशतले सबैभन्दा धेरै बढेको छ। साथै फाइनान्स, हाइड्रोपावर, लगानी, माइक्रोफाइनान्स र अन्य समूहमा पनि सामान्य वृद्धि देखिएको छ।

त्यस्तै बैंकिङ, विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, निर्जीवन बीमा र व्यापार समूहमा गिरावट आएको छ।

आज ६ कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। तीमध्ये रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, सोलु हाइड्रोपावर, भुजुङ हाइड्रोपावर, मनकामना इन्जिनियरिङ हाइड्रोपावर र होटल फरेस्ट इन रहेका छन्।

त्यसैगरी फस्र्ट माइक्रोफाइनान्स, आशा लघुवित्त र मेरो माइक्रोफाइनान्सको मूल्य पनि उल्लेखनीय रूपमा बढेको छ।

सबैभन्दा धेरै गिरावट सिन्धु विकास बैंकको देखिएको छ। कारोबारका आधारमा कुमारी बैंक, शिवम् सिमेन्ट, नेसनल हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर र ङादी ग्रुप अग्रस्थानमा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४