काठमाडौं । गगन थापा ले दिएको राजीनामा नेपाली कांग्रेस को केन्द्रीय कार्यसमिति बैठकले अस्वीकृत गर्ने निर्णय गरेको छ।
चुनावी हारको नैतिक जिम्मेवारी लिँदै सभापति थापाले गत बुधबार उपसभापति विश्वप्रकाश शर्मा समक्ष राजीनामा बुझाएका थिए। उक्त विषयमा केन्द्रीय कार्यसमितिको बैठकमा विस्तृत छलफल भएको थियो।
आज बसेको बैठकले अन्ततः सभापति थापाको राजीनामा अस्वीकृत गर्ने निर्णय गरेको पार्टीका प्रवक्ता देवराज चालिसे ले जानकारी दिएका छन्।
गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट थापा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएका थिए। तर, फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसले मात्र ३८ सिट जितेपछि पार्टीभित्र आलोचना बढेको थियो।