Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेप्से परिसूचक ५४ अंकले बढ्यो, ८ महिनाकै उच्च विन्दुमा बजार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र ८ २०८२
  • 798
    SHARES

काठमाडौं । आइतबार सेयर बजारमा उच्च वृद्धि देखिएको छ । नेप्से परिसूचक ५४.५१ अंकले बढ्दै २९३१ अंकमा पुगेको छ, जुन करिब ८ महिनायताकै उच्च स्तर हो ।

अघिल्लो कारोबार दिन बिहीबार पनि बजार ६४ अंकले बढेको थियो ।

आज कुल कारोबार रकम पनि उल्लेख्य रूपमा बढेर २३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ, जुन साउन ११ यताकै उच्च कारोबार हो । अघिल्लो दिन २१ अर्ब २२ करोडको कारोबार भएको थियो ।

आज १८३ कम्पनीको मूल्य बढ्दा ७३ कम्पनीको घटेको र ८ कम्पनी स्थिर रहेको देखिएको छ ।

क्षेत्रगत रूपमा माइक्रोफाइनान्स सबैभन्दा धेरै ४.२१ प्रतिशतले बढेको छ । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, बीमा लगायत अधिकांश समूहहरूमा पनि वृद्धि देखिएको छ भने व्यापार समूह भने सामान्य घटेको छ ।

आज १० वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ, जसमा रिलायन्स स्पिनिङ मिल्स, कर्पोरेट डेभलपमेन्ट बैंक, साल्पा विकास बैंक, अभियान लघुवित्त, सोलु हाइड्रोपावर लगायत रहेका छन् ।

सबैभन्दा धेरै घट्नेमा सुपर मादी हाइड्रोपावरको सेयर रहेको छ ।

आज धेरै कारोबार भएका कम्पनीहरूमा कुमारी बैंक, नेसनल हाइड्रोपावर, शिवम् सिमेन्ट, ङादी ग्रुप पावर र हिमाल दोलखा हाइड्रोपावर रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४