Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक, ९९ अस्पतालमा २६३८ जनाको उपचार


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन ३० २०८२
  • 2K
    SHARES

काठमाडौँ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनका क्रममा विभिन्न अस्पतालमा उपचार गरिएका घाइतेहरूको नामसहितको विवरण सार्वजनिक गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार आन्दोलनका क्रममा देशभरिका ९९ वटा अस्पतालमा उपचार गरिएका घाइतेहरूको विवरण सङ्कलन गरेर सार्वजनिक गरिएको हो। उनका अनुसार आन्दोलनका क्रममा कुल दुई हजार ६३८ जना घाइतेको उपचार भएको तथ्याङ्क प्राप्त भएको छ।

प्रवक्ता बुढाथोकीले आन्दोलनका क्रममा उपचार भएका सबै अस्पतालबाट घाइतेहरूको विवरण सङ्कलन गर्ने कार्य गरिएको भए पनि केही अस्पतालबाट विवरण आउन ढिलाइ भएका कारण सम्पूर्ण तथ्याङ्क सार्वजनिक गर्न समय लागेको बताए। उनले हाल सबै घाइतेको विवरण गृह मन्त्रालयलाई पठाइसकिएको जानकारी दिए।

मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार गत असोज ३१ गते दुई हजार ५२२ जना घाइतेको विवरण पठाइएको थियो। त्यसपछि गत माघ ४ गते थप ७७ जनाको विवरण गृह मन्त्रालयमा पठाइएको थियो भने यही फागुन २९ गते थप ३९ जनाको विवरण पठाइएको जनाइएको छ।

उपचार गरिएका घाइतेमध्ये सबैभन्दा धेरै नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालमा उपचार गरिएको मन्त्रालयले जनाएको छ। उक्त अस्पतालमा मात्रै ४५८ जना घाइतेको उपचार गरिएको छ।

त्यसैगरी नेपाल पुलिस अस्पतालमा २०३ जना, राष्ट्रिय ट्रमा सेन्टरमा १९० जना र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा १०८ जना घाइतेको उपचार गरिएको विवरणमा उल्लेख गरिएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आन्दोलनका क्रममा घाइते भएका सबै व्यक्तिहरूको उपचारसम्बन्धी विवरण गृह मन्त्रालयलाई उपलब्ध गराइसकेको जनाएको छ। सरकारले उक्त विवरणका आधारमा थप आवश्यक प्रक्रिया अघि बढाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४