Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पोखरामा एनसेल सेन्टर पुनः सञ्चालन, ग्राहक सेवामा सुविधा थप


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २६ २०८२
  • 1.9K
    SHARES

काठमाडौँ – एनसेलले पोखरामा आफ्नो सेन्टर पुनः सञ्चालनमा ल्याएको छ। पोखरामा रहेको सेन्टर जेनजी आन्दोलनका बेला तोडफोड भएपछि बन्द भएको थियो। मर्मत सम्भारपछि कम्पनीले बिहीबार विशेष कार्यक्रममा सेन्टरको उद्घाटन गरेको हो।

उद्घाटन कार्यक्रममा एनसेलकी ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्सका एचआर अफिसर यमप्रसाद गौतम उपस्थित थिए। सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रुपमा ग्राहक सेवाहरू एक तल्लामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो।

उद्घाटन अवसरमा दाहालले बताइन् कि सेन्टर पुनः सञ्चालनमा ल्याइएको उद्देश्य ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा उपलब्ध गराउने र विश्वस्तरीय सेवा अनुभव प्रदान गर्नु हो। ग्राहकहरूले यस सेन्टरबाट सिम खरिद, इन्टरनेट सेटिङ, फोरजी अपग्रेड, मोबाइल नम्बर परिवर्तन, सिम ईसीएममा अपग्रेड, सीयुजी नम्बरहरूको आवश्यक फेरबदल, अन्तर्राष्ट्रिय रोमिङ, बिल तिर्न, ब्यालेन्स रिचार्ज, ट्रान्सफर लगायतका सेवाहरू प्राप्त गर्न सक्नेछन्।

एनसेलले देशभरि ३१ वटा सेन्टर सञ्चालन गर्दै आएको छ र ग्राहकहरूको सहजता तथा सेवा गुणस्तर सुनिश्चित गर्न नियमित रूपमा सुधार गर्दै आएको कम्पनीले जनाएको छ।

पोखरामा पुनः सञ्चालनमा आएको सेन्टरले स्थानीय ग्राहकहरूलाई दक्ष र सुविधा सम्पन्न सेवा उपलब्ध गराउने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४