Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सानीभेरी नदीमा दुई बालिकाको शव फेला, एक अझै बेपत्ता


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन २६ २०८२
  • 2.4K
    SHARES

रुकुम पश्चिम । Banfikot Rural Municipality–३, भाग्लेनजिकै बग्ने Sanibheri River मा मंगलबार दुई बालिकाको शव फेला परेको छ भने उनीहरूसँगै गएकी अर्की एक बालिका अझै बेपत्ता रहेकी छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको छ।

प्रहरीका अनुसार बाँफिकोट गाउँपालिका–३, गरालागोठकी १४ वर्षीया उर्मिला ओली र १२ वर्षीया कल्पना ओली को शव भाग्लेनजिकै सानीभेरी नदी किनारामा फेला परेको हो। घटनाबारे जानकारी दिँदै प्रहरी निरीक्षक Hari Prasad Pun ले दुबै बालिकाको शव करिब ५०० मिटरको दूरीमा भेटिएको बताए।

उनीहरूसँगै गएकी १२ वर्षीया सपना ओली भने अझै बेपत्ता रहेको र उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार तीनै जना बालिका सोमबार फागुन २५ गते छिमेकीको विवाहमा सहभागी हुन गएका थिए। विवाह कार्यक्रमबाट घर फर्कने क्रममा नदी तर्ने प्रयास गर्दा वा नदी किनाराबाट जाँदा सानीभेरी नदीले बगाएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।

घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा बेपत्ता बालिकाको खोजी भइरहेको छ। साथै घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

यस घटनाले स्थानीय समुदायमा शोक छाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४