Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर प्रारम्भिक मतगणनामा रास्वपाको अग्रता, ३६ क्षेत्रमा अगाडि


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २२ २०८२
  • 2.4K
    SHARES

काठमाडौं : देशभर जारी प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अधिकांश क्षेत्रमा अग्रता लिएको छ।

हालसम्मको विवरणअनुसार रास्वपाले ३६ निर्वाचन क्षेत्रमा अग्रता कायम गरेको छ। नेकपा (एमाले) ६ क्षेत्रमा अगाडि रहेको छ भने नेपाली कांग्रेसले २ क्षेत्रमा अग्रता लिएको छ। त्यस्तै, नेकपाले १ क्षेत्रमा अग्रता बनाएको छ।

अहिलेसम्म अधिकांश क्षेत्रमा मतगणना जारी रहेकाले अन्तिम विजेता घोषणा भइसकेको छैन। यद्यपि काठमाडौं–१ मा रास्वपाकी रञ्जु दर्शना विजयी भएको जानकारी प्राप्त भएको छ।

देशको पाँचौं ठूलो दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने हालसम्म कुनै पनि क्षेत्रमा अग्रता लिन सकेको छैन।

त्यसैगरी कुलमान घिसिङ को नेतृत्वमा गठन भएको नयाँ पार्टी उज्यालो नेपाल ले पनि काठमाडौं–३ मा अग्रता बनाउन सकेको छैन।

देशभरको प्रारम्भिक मतपरिणाम हेर्दा सुरुवाती चरणबाटै रास्वपाले उल्लेख्य अग्रता बनाइरहेको देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४