काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ। मंगलबार बढेको सुनको मूल्य बुधबार एकैदिन प्रतितोला ११ हजार रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ३ लाख १७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुन प्रतितोला ३ लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ५ हजार ८ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार ५ हजार ५ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २ सय ७५ रुपैयाँले घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा भने बुधबार सुन प्रतिऔंस ५ हजार १ सय ५४ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ।