Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल सुनचाँदी व्यवसायी महासंघ: सुन प्रतितोला ५ सयले घट्यो, चाँदी बढ्यो


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १५ २०८२
  • 1.7K
    SHARES

काठमाडौं । शुक्रबार सुनको भाउ सामान्य घटेको छ। अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघले शुक्रबारका लागि सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकेको छ। अघिल्लो दिन भने सुन प्रतितोला ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड कायम भएको थियो। पछिल्ला दिनमा अन्तर्राष्ट्रिय बजारको प्रभाव र विनिमयदरमा आएको उतार–चढावका कारण सुनको मूल्यमा दैनिक परिवर्तन देखिँदै आएको छ।

सुनको मूल्य घट्दा पनि आज चाँदीको भाउ भने बढेको छ। अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भई ५ हजार ७४० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य, डलर विनिमयदर र माग–आपूर्तिको अवस्थाअनुसार आगामी दिनमा पनि भाउमा उतारचढाव हुन सक्नेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४