Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन आयोगले ल्यायो बम्पर अफर, टिकटक बनाएरै ५० हजार जित्ने मौका


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन ८ २०८२
  • 1.8K
    SHARES

काठमाडौं । सामाजिक सञ्जालको बढ्दो प्रभावलाई मध्यनजर गर्दै निर्वाचन आयोग ले प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई लक्षित गरी टिकटक भिडियो प्रतियोगिता सञ्चालन गर्ने घोषणा गरेको छ। फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई भव्य, सभ्य र प्रभावकारी बनाउन आयोगले सामाजिक सञ्जालमार्फत मतदाता शिक्षा र प्रचारप्रसारलाई सशक्त बनाउने उद्देश्य राखेको हो।

आयोगका अनुसार रमाइलोका लागि चलाइने टिकटकलाई अब राष्ट्रिय योगदानको माध्यम बनाउन सकिनेछ। टिकटकजस्ता लोकप्रिय सामाजिक सञ्जाल प्रयोगकर्तामाझ निर्वाचनसम्बन्धी सचेतना फैलाउने, मतदाता शिक्षा प्रदान गर्ने तथा निर्वाचनको माहोल सिर्जना गर्ने लक्ष्यसहित यो अभियान सुरु गरिएको हो।

एक मिनेटको सन्देशमूलक भिडियो आवश्यक

प्रतियोगितामा सहभागी हुन चाहनेले निर्वाचन आचारसंहिता, मतदाता शिक्षा, मतदाताको अधिकार र कर्तव्य, निर्वाचनको आवश्यकता र महत्व, मतपत्रमा सही तरिकाले छाप लगाउने विधि लगायतका विषयमा आधारित एक मिनेट बराबरको मौलिक टिकटक भिडियो तयार गर्नुपर्नेछ। भिडियो संवादमूलक र सन्देशमूलक हुनुपर्ने आयोगले स्पष्ट पारेको छ।

भिडियो आफ्नै मौलिक अडियो, अभिनय र सिर्जनात्मक प्रस्तुति सहित हुनुपर्नेछ। अन्य स्रोतबाट कपि गरिएको सामग्रीलाई मान्यता नदिइने जनाइएको छ। सहभागीले तयार पारेको भिडियो आफ्नो सामाजिक सञ्जालमा पोस्ट गरी यही फागुन १७ गतेभित्र आयोगको आधिकारिक इमेलमा समेत पठाउनुपर्नेछ।

आकर्षक नगद पुरस्कार

आयोगमा प्राप्त भएका भिडियोमध्ये सबैभन्दा बढी भ्युअर्स प्राप्त गर्ने तीन उत्कृष्ट भिडियोहरूलाई नगद पुरस्कार प्रदान गरिनेछ। पहिलो हुनेलाई ५० हजार रुपैयाँ, दोस्रो हुनेलाई ३० हजार रुपैयाँ र तेस्रो हुनेलाई २० हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने आयोगले जनाएको छ।

प्रतियोगितामा एक व्यक्तिले एक विषयमा एउटा मात्र भिडियो पठाउन सक्नेछन् भने दुई वा दुईभन्दा बढी व्यक्ति समावेश भई समूहगत रूपमा पनि भिडियो निर्माण गर्न सक्नेछन्। प्राप्त भिडियोहरूमा आयोगको अधिकार रहनेछ।

मतदाता शिक्षालाई डिजिटल अभियान

आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र व्यवस्थित बनाउन परम्परागत प्रचारशैलीसँगै डिजिटल प्लेटफर्मको प्रयोगलाई प्राथमिकता दिएको जनाएको छ। विशेषगरी युवामाझ लोकप्रिय टिकटकमार्फत निर्वाचनसम्बन्धी सन्देश प्रवाह गर्दा प्रभावकारी परिणाम आउने अपेक्षा गरिएको छ।

निर्वाचनको सामान्य जानकारीदेखि मतदाताले कस्तो उम्मेदवार छनोट गर्नुपर्छ भन्ने विषयसम्मका सन्देशहरू भिडियोमार्फत प्रवाह गरिने भएकाले यो अभियान मतदाता शिक्षाको सशक्त माध्यम बन्ने विश्वास आयोगको छ।

यस प्रतियोगिताले युवालाई सिर्जनात्मक अभिव्यक्तिको अवसर दिनुका साथै लोकतान्त्रिक अभ्यासमा सक्रिय सहभागिता जनाउने वातावरण तयार गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४