Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तराईमा मध्याह्नसम्म कुहिरो, पहाडी–हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ५ २०८२
  • 4K
    SHARES

काठमाडौं । **जल तथा मौसम पूर्वानुमान महाशाखा**ले आज देशका विभिन्न भूभागमा मौसम आंशिक बदलीदेखि सामान्य सफा रहने जनाएको छ । विशेषगरी तराई भूभागका केही स्थानमा आज मध्याह्नसम्म कुहिरो लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य अधिकांश भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको बताइएको छ ।

आज रातिको मौसम अवस्थाबारे पनि महाशाखाले जानकारी दिँदै तराईका केही स्थानमा तुवाँलो लाग्ने सम्भावना रहेको जनाएको छ । त्यसैगरी कर्णाली, सुदूरपश्चिम तथा गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बदली रहनेछ भने अन्य भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको बताइएको छ ।

हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव कायम रहेको छ । यसको असरका कारण कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ भने बाँकी अधिकांश भूभागमा मौसम सफा रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्ले विशेषगरी कुहिरो र तुवाँलोका कारण तराई क्षेत्रमा दृश्यता कम हुनसक्ने भएकाले यातायात र दैनिक गतिविधिमा सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४