Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल राष्ट्र बैंकद्वारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २९ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १४५ रुपैयाँ २३ पैसा कायम गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ १६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८७ पैसा रहेको छ । युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९७ रुपैयाँ ५६ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३८ पैसा तोकिएको छ भने स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८९ रुपैयाँ ५० पैसा कायम भएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ३० पैसा र बिक्रीदर १०२ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०६ रुपैयाँ ६२ पैसा र बिक्रीदर १०७ रुपैयाँ ०६ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११४ रुपैयाँ २३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा रहेको छ । चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ९३ पैसा र बिक्रीदर २१ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

त्यसैगरी, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।

थाइ भाट एकको खरिददर ४ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४ रुपैयाँ ६६ पैसा, युएई दिराम एकको खरिददर ३९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३९ रुपैयाँ ५४ पैसा तथा मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ०२ पैसा रहेको छ ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९० पैसा र बिक्रीदर ९ रुपैयाँ ९४ पैसा तोकिएको छ । स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ २० पैसा र बिक्रीदर १६ रुपैयाँ २७ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ०४ पैसा र बिक्रीदर २३ रुपैयाँ १४ पैसा निर्धारण गरिएको छ ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ५० पैसा र बिक्रीदर १८ रुपैयाँ ५८ पैसा, कुवेती दिनार एकको खरिददर ४७३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ४७५ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिददर ३८३ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ २३ पैसा तथा ओमनी रियाल एकको खरिददर ३७५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३७७ रुपैयाँ २५ पैसा कायम गरिएको छ ।

भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आवश्यकताअनुसार यी विनिमयदर जुनसुकै समयमा पनि संशोधन हुन सक्नेछ । वाणिज्य बैंकहरूले तोक्ने विनिमयदर फरक हुन सक्ने र अद्यावधिक दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४