Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देशभर एलपी ग्यासको चरम अभाव, मागको तुलनामा आपूर्ति एकतिहाइ मात्र — आयल निगम भन्छ ‘त्रासले समस्या बढायो’


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ २८ २०८२
  • 3.4K
    SHARES

काठमाडौं । राजधानीसहित देशभर खाना पकाउने एलपी ग्यासको अभावले उपभोक्ताहरू सास्ती खेप्न बाध्य भएका छन्। बजारमा ग्यासको चरम अभाव देखिएपछि अनुगमनमा निस्किएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मागको तुलनामा आपूर्ति अत्यन्तै न्यून रहेको निष्कर्ष निकालेको छ।

तर, आपूर्ति गर्ने जिम्मा पाएको नेपाल आयल निगमले भने मागभन्दा बढी ग्यास भित्रिरहेको दाबी गर्दै पन्छिन खोजेको छ। वाणिज्य विभागका निर्देशक नरहरि तिवारीले बजारको अवस्था भयावह रहेको बताएका छन्। उनका अनुसार हाल बजारमा मागको तुलनामा करिब एकतिहाइ मात्र ग्यास आपूर्ति भइरहेको छ।

‘आयल निगमले औसत मागभन्दा बढी आयात भइरहेको भनेर टालटुले जवाफ दिएर पुग्दैन, उपभोक्ताले ग्यास पाएका छैनन्,’ तिवारीले भने। उनले थपे, ‘अहिलेको संकट टार्न आयात बढाउनुको विकल्प छैन।’

बजारमा अभाव चुलिँदै गर्दा निगमले आफ्नो बचाउ गरेको छ। प्रवक्ता मनोज ठाकुरका अनुसार माघ महिना लागेयता दैनिक सवा लाख सिलिन्डर भर्न पुग्ने ग्यास आयात भइरहेको छ। फेब्रुअरी महिनाका लागि नियमित भन्दा २ हजार टन थप कोटा स्वीकृत गरिएको उनले बताए।

निगमले उपभोक्तामा फैलिएको ‘अभावको त्रास’ अहिलेको मुख्य समस्या भएको दाबी गरेको छ। ‘बजारमा झण्डै ४० लाख सिलिन्डर उपभोक्ताका घरमा रित्तो अवस्थामा रहने गरेका थिए, तर अहिले अभाव हुने डरले सबैले एकैपटक भर्न खोज्दा समस्या देखिएको हो,’ ठाकुरले भने।

काठमाडौं उपत्यकामा मात्रै २३ वटा उद्योगले दैनिक करिब ४० हजार सिलिन्डर आपूर्ति गरिरहेको निगमको तथ्यांक छ।

अनुगमनका क्रममा विशेषगरी चारवटा ठूला ग्यास उद्योग—नेपाल ग्यास, एभरेस्ट, साईबाबा र श्रीकृष्ण—को आपूर्तिमा गम्भीर समस्या देखिएको छ। काठमाडौंमा सबैभन्दा धेरै करिब ८ लाख सिलिन्डर रहेको नेपाल ग्यास र करिब ५ लाख सिलिन्डर रहेको एभरेस्ट ग्यासको आपूर्ति प्रणालीमा अवरोध आएपछि उपभोक्ता बढी प्रभावित भएका छन्।

बजारको चित्र र तथ्यांक

  • कुल प्रमाणित सिलिन्डर: १ करोड ४० लाख

  • बजार रोटेसनमा रहने सिलिन्डर: १ करोड थान

  • मासिक औसत माग: ३० लाख सिलिन्डर (करिब ४७ हजार टन)

  • फेब्रुअरीका लागि कोटा: ४९ हजार ५ सय टन

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४