Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकपको पहिलो खेलमै नेपाल पराजित, इंग्ल्यान्डसँग ५ रनले हार


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २६ २०८२
  • 1.7K
    SHARES

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमै नेपाल पराजित भएको छ । इंग्ल्यान्डले दिएको १ सय ८५ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रन मात्रै बनाउन सक्यो र ५ रनले हार बेहोर्नुपर्‍यो ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४४ रन बनाउँदै टोलीलाई जिततर्फ डोर्‍याउने प्रयास गरेका थिए । कप्तान रोहित पौडेलले पनि ३९ रनको महत्वपूर्ण योगदान दिए । ओपनर कुशल भुर्तेलले २९ रनको उत्कृष्ट इनिङ्स खेले भने अर्का ओपनर आसिफ शेख भने ७ रनमै सीमित भए ।

मध्यक्रममा आरिफ शेखले १० रन बनाए । लोकेश बमले ३९ रन जोड्दै नेपालको जितको आशा कायम राखेका थिए । तर गुल्शन झाले १ रन मात्रै बनाउन सके भने करण केसीले पनि १ रन थपेपछि नेपाल लक्ष्य नजिक पुगेर रोकियो ।

यसअघि भारतको मुम्बईस्थित वानखडे स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८४ रन बनाएको थियो । इंग्ल्यान्डको इनिङ्स नियन्त्रणमा राख्न नेपालका बलरले प्रशंसनीय प्रदर्शन गरेका थिए ।

नेपालका लागि दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले समान २–२ विकेट लिए । शेर मल्ल र सन्दीप लामिछानेले १–१ विकेट हात पारेका थिए । बलिङतर्फ राम्रो प्रदर्शन भए पनि ब्याटिङमा अन्तिम ओभरसम्म दबाब कायम राख्न नसक्दा नेपालले जित गुमायो ।

नेपालले यसअघि सन् २०१४ मा बंगलादेशमा र सन् २०२४ मा अमेरिकामा भएको टी–२० विश्वकपमा सहभागिता जनाएको थियो । ती दुवै संस्करणमा नेपाल समूह चरण पार गर्न सफल भएको थिएन । यसपटक भने बलियो टोलीसँग प्रतिस्पर्धात्मक खेल खेले पनि पहिलो खेलमा हारबाट यात्रा सुरु भएको छ ।

यस खेलमा नेपालको प्लेइङ–११ मा कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, गुल्शन झा, करण केसी, शेर मल्ल, नन्दन यादव र सन्दीप लामिछाने रहेका थिए ।

विश्वकप अन्तर्गत नेपाल समूह ‘सी’ मा परेको छ । यस समूहमा इंग्ल्यान्डसँगै वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड रहेका छन् । आगामी खेलहरूमा नेपालले राम्रो प्रदर्शन गर्दै समूह चरण पार गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४