Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

हुस्सु र आंशिक बदलीको प्रभाव जारी, केही हिमाली क्षेत्रमा हिमपातको सम्भावना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २६ २०८२
  • 2.1K
    SHARES

काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले देशका विभिन्न भूभागमा बदली, हुस्सु तथा चिसो बढ्ने क्रम जारी रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पछिल्ला दिनहरूमा विशेषगरी तराई क्षेत्रमा बाक्लो हुस्सु लाग्नुका साथै पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली देखिएको छ ।

महाशाखाको बुलेटिन अनुसार अहिले तराईका केही क्षेत्रमा बाक्लो हुस्सु लागेको छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदलीको अवस्था रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । तराईका अधिकांश स्थानमा भने हुस्सु र कुहिरो लागिरहने भएकाले जनजीवन केही प्रभावित हुन सक्ने मौसमविद्हरूले बताएका छन् । विशेषगरी कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि तराईका केही क्षेत्रमा हुस्सुको प्रभाव कायम रहने पूर्वानुमान गरिएको छ । त्यस्तै कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ ।

हिमपात र हुस्सुका कारण तापक्रम घट्ने तथा चिसो बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् । विशेषगरी तराई क्षेत्रमा लाग्ने कुहिरोले सडक तथा हवाई यातायातमा आंशिक असर पर्न सक्ने भएकाले चालक, यात्रु तथा सर्वसाधारणलाई सावधानी अपनाउन सुझाव दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४