Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्थमन्त्री खनालद्वारा निर्वाचन तयारीको स्थलगत अनुगमन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २३ २०८२
  • 1.3K
    SHARES

काठमाडौँ – अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आगामी फागुण २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी, सुरक्षा व्यवस्था र निर्वाचन आचारसंहिता पालनाको अवस्था बुझ्न तीनवटा पहाडी जिल्ला अनुगमन गर्नुभएको छ।

अर्थमन्त्री खनालले पछिल्लो दुई दिनमा तनहुँ, कास्की, पर्वत र म्याग्दी जिल्लामा स्थलगत अनुगमन गर्नुभएको हो। बुधबार कास्की, पर्वत र म्याग्दी जिल्लामा पुगेर उहाँले प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख र जिल्ला निर्वाचन कार्यालयसँग छलफल तथा अवलोकन गर्नुभयो।

कास्कीमा प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले आचारसंहिता पालनाको स्तर सन्तोषजनक रहेको र ५६ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिनुभयो। पर्वतमा लक्ष्मीप्रसाद पौडेलले आचारसंहिता पालनाको अवस्था सन्तोषजनक र ३५ वटा मतदान केन्द्र अति संवेदनशील रहेको बताउनुभयो। म्याग्दीमा प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले आचारसंहिता पालनाको स्तर सन्तोषजनक र १५ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिनुभयो।

तनहुँ जिल्लाको अनुगमन मंगलबार सम्पन्न भएको थियो। प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले त्यहाँ निर्वाचन आचारसंहिता उल्लंघन सम्बन्धी कुनै उजुरी नपरेको र ८ वटा मतदान केन्द्र अति संवेदनशील रहेको जानकारी दिनुभएको थियो।

अनुगमनपछि अर्थमन्त्री खनालले चारै जिल्लामा निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको उल्लेख गर्नुभयो। उहाँले निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने सरकारको प्रतिबद्धता दोहोर्याउँदै सबै सरोकारवालाको सहयोग आवश्यक रहेको बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४