Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपा नेता बालेनको निवासमा तोडफोड, सुरक्षा प्रश्न उठ्यो


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १८ २०८२
  • 1.4K
    SHARES

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको काठमाडौँस्थित निजी निवासमा तोडफोड भएको घटना सार्वजनिक भएको छ। गएराति अज्ञात समूहले राजधानीमा रहेको उनको घरको मूल गेटमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार शाहको घरको बाहिरी भागमा जडान गरिएको फलामे ग्रील फुटाइएको अवस्थामा फेला परेको हो। स्थानीय स्रोतबाट जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो र प्रारम्भिक निरीक्षण गरेको जनाएको छ।

परिसरका प्रहरी नायब उपरीक्षक (डिएसपी) कौशल बुढाथोकीका अनुसार घटनाको प्रकृति हेर्दा चोरी गर्ने उद्देश्यले तोडफोड गरिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ। “घरमा नियमित बसोबास नभएको र गेट फुटाइएको अवस्था देखिएकाले शंकास्पद समूहले चोरीको प्रयास गरेको हुनसक्ने देखिन्छ,” उनले भने, “तर हालसम्म घरभित्रका सामग्री हराएको भन्नेबारे कुनै औपचारिक उजुरी प्राप्त भएको छैन।”

प्रहरीले घटनालाई गम्भीरतापूर्वक लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ। आसपासका क्षेत्रमा जडान गरिएका सीसीटिभी क्यामेराका फुटेज संकलन गर्ने तथा स्थानीय बासिन्दासँग सोधपुछ गर्ने काम भइरहेको प्रहरी स्रोतले बताएको छ। संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य जारी रहेको पनि जनाइएको छ।

यसैबीच, प्रतिनिधिसभा सदस्य पदका लागि झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका नेता शाह हाल चुनावी प्रचारप्रसारको सिलसिलामा कर्णाली प्रदेशमा रहेका छन्। उनी घरमा नभएको मौका छोपी तोडफोड गरिएको हुनसक्ने आशंका गरिएको छ।

घटनापछि सुरक्षा संवेदनशीलताको विषय पनि उठ्न थालेको छ, विशेषगरी सार्वजनिक पदमा रहेका तथा चुनावी प्रतिस्पर्धामा रहेका व्यक्तिहरूको आवास सुरक्षाबारे चासो बढेको छ। यद्यपि, प्रहरीले हालसम्म घटनालाई राजनीतिक कोणबाट पुष्टि नगरेको र अनुसन्धानकै क्रममा रहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४