Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

खाने तेलको मूल्य बढ्याे


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १८ २०८२
  • 1.3K
    SHARES

काठमाडौं। भटमास र सूर्यमुखी खाने तेलको मूल्य पछिल्लो एक सातामा उल्लेख्य रूपमा बढेको छ। नेपाल खुद्रा व्यापार सङ्घका अनुसार माघको पहिलो सातासम्म प्रतिलिटर २४० रुपैयाँमा बिक्री भइरहेको खानेतेल अहिले २८५–२९० रुपैयाँसम्म पुगेको छ।

सङ्घका कोषाध्यक्ष वसन्त महर्जनले मूल्यवृद्धि अस्वाभाविक भएको भन्दै यस्तो अवस्थाले खुद्रा व्यापार नै प्रभावित बनेको बताए। वरिष्ठ उपाध्यक्ष नरेश खड्गीका अनुसार दिनहुँजसो मूल्य बढ्दा खुद्रा व्यापारी “दोहोरो मार” मा परेका छन्।

“थोकमा महँगो किन्नुपर्छ, उपभोक्ताले महँगो भयो भन्छन्, अनि सरकारी अनुगमन पनि हाम्रै पसलमा आउँछ,” उनले गुनासो गरे।

निर्यात र कच्चा पदार्थ दुवै कारण?

नेपाल खाद्य किराना तथा थोक व्यापार सङ्घका अध्यक्ष देवेन्द्रभक्त श्रेष्ठले भने भारतमा मूल्य बढेपछि नेपाली उद्योगीले तेल निर्यात बढाएको दाबी गरे। उनका अनुसार सीमित उत्पादन र उच्च मागका कारण खुला बजार प्रणालीमा मूल्य बढ्नु स्वाभाविक हो।

यता, तेल उत्पादक उद्योगीले भने अमेरिकी डलरको भाउ वृद्धि र कच्चा पदार्थ महँगिएकाले मूल्य समायोजन गर्नु परेको बताएका छन्। कच्चा पदार्थको लागत बढेपछि मूल्यवृद्धि अस्वाभाविक नभएको उद्योगीहरूको तर्क छ।

निर्यात तथ्यांकले पनि चासो बढायो

भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा नेपालबाट ६० अर्ब रुपैयाँ बराबरको भटमास र सूर्यमुखी तेल निर्यात भएको छ। स्वदेशमै पर्याप्त उत्पादन हुँदाहुँदै ठूलो परिमाणमा निर्यात हुँदा आन्तरिक बजारमा मूल्य चुलिएको उपभोक्ता अधिकारकर्मीको आरोप छ।

उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सेनाले कच्चा पदार्थ महँगिने हल्लालाई बहाना बनाएर उद्योगीले मूल्य बढाएको दाबी गरे। उनले नियमनकारी निकाय निष्क्रिय बनेको टिप्पणी समेत गरे।

सरकारको अनुगमन सुरु

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रोशन ज्ञवालीले बजार अनुगमन भइरहेको जानकारी दिए। उनले मूल्यवृद्धिको कारण स्पष्ट पार्न तेल उद्योगीहरूलाई विभागमा बोलाइएको बताए।

उनका अनुसार कच्चा पदार्थ महँगिएको दाबी आए पनि “दिनदिनै मूल्य बढ्नु स्वाभाविक मान्न नसकिने” भएकाले विस्तृत अध्ययन थालिएको छ।

खाने तेलको मूल्यवृद्धिले दैनिक उपभोग्य वस्तुको खर्च बढ्दै जाँदा उपभोक्ता र खुद्रा व्यापारी दुवै पक्ष थप दबाबमा परेका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४