Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङ एपबाट आईपीओदेखि सेयर कारोबारसम्म


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १५ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । ग्लोबल आईएमई बैंकले मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मा सेयर बजार सम्बन्धी सुविधा पनि थप गरेको छ ।

बैंकका ग्राहकले उक्त एपमार्फत साधारण सेयरमा आवेदन दिनेदेखि सेयर कारोबार तथा लगानी सम्बन्धी जानकारी लिन सक्छन् ।

बैंकले मोबाइल बैंकिङ एपमा धितोपत्र बजारमा सूचीकृत कम्पनीका वित्तीय सूचकका आधारमा तुलना गर्ने, दोस्रो बजारको लाइभ कारोबार गर्ने, आफ्नो लगानी अवस्थाको जानकारी लिने तथा लगानी क्याल्कुलेटरको समेत सुविधा लिन सक्ने व्यवस्था गरेको छ ।

लाइभ मार्केट सुविधामा नेप्से कारोबारको सारांश, टप गेनर, टप टर्न ओभर, पोर्टफोलियो, वाचलिस्ट, स्टक कम्प्यारिजन, कम्पनीको वित्तीय अवस्था लगायत सुविधा मोबाइल बैंकिङ एपमै समेटिएको बैंकका बैंकिङ कारोबार शाखा प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

‘पछिल्लो समय सेयर बजारमा सर्वसाधारणको सहभागिता बढेकाले सेयर र बैंकिङ कारोबार एउटै विन्डोमार्फत सम्भव बनाएइको हो,’ पौडेलले भने, ‘यसका लागि नेपाल स्टक एक्स्चेन्ज, सीडीएससी एन्ड किल्यरिङ र मेरोसेयरसँग सहकार्य गरिएको छ ।’

बैंकले थप गरेको यो सुविधाले लगानीकर्तालाई साधारण सेयरमा लगानी गर्न सहज र होसियारीपूर्वक निर्णय लिन मद्दत पुग्ने पौडेलको भनाइ छ ।

बैंकको उक्त एपमार्फत ग्राहकले सेयरमा लगानी गरेको छ भने सेयर खरिद मूल्य र कित्ता संख्या प्रविष्ट गरी कुल लगानीको वर्तमान मूल्य र नाफा–घाटा रियल–टाइम हिसाब पाउन सक्नेछन् ।

सेयर किन्ने वा बेच्ने क्रममा सही जानकारी दिनसमेत यो एपले मद्दत गर्ने बैंकले जनाएको छ । लगानीकर्तालाई मन पर्ने सेयरहरूको मूल्य परिवर्तन र बजार ट्रेन्डसमेत जानकारी लिन उक्त एप पर्याप्त हुने बैंकको दाबी छ ।

ग्लोबल स्मार्ट प्लसका प्रयोगकर्ताले डिम्याट नम्बर प्रविष्ट गरेपछि सीआरएन नम्बर तुरुन्तै प्राप्त गरी बिक्री खुला भएको कम्पनीको साधारण सेयरमा आवेदन दिन सक्छन ।

यसमार्फत यसअघि उपलब्ध बैंकिङ सेवा जस्तै रकमान्तरण, क्यूआर भुक्तानी र दैनिक उपभोग्य शुल्क भुक्तानी लगायत सुविधा प्रदान गर्दै आएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४