Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झापामा निर्वाचन लक्षित उच्च सतर्कता, सुरक्षा व्यवस्था कडा


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १४ २०८२
  • 2.4K
    SHARES

काठमाडौँ  । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै झापा जिल्लामा सुरक्षा व्यवस्था उच्च प्राथमिकताका साथ अघि बढाइएको छ। जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्काले निर्वाचन सुरक्षालाई केन्द्रमा राखेर आवश्यक तयारी तीव्र पारिएको बताएकी छन्।

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी उपरीक्षक खड्काले सुरक्षा संवेदनशीलता र उम्मेदवारको सुरक्षा जोखिम मूल्याङ्कनका आधारमा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिइन्। कुनै पनि उम्मेदवारले सुरक्षामा चुनौती महसुस गरी निवेदन दिएमा आवश्यकताअनुसार तत्काल सुरक्षा उपलब्ध गराइने उनले स्पष्ट पारिन्।

उनका अनुसार निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन झापामा १०० जना सुरक्षाकर्मी थप गरिएको छ। ती सुरक्षाकर्मी सडक, गाउँघर तथा संवेदनशील क्षेत्रहरूमा परिचालन भइसकेका छन्। थप सुरक्षाकर्मीको उपस्थितिलाई शङ्काको दृष्टिले नहेर्न आग्रह गर्दै उनले सबै सुरक्षाकर्मी सुरक्षा योजनाअनुसार परिचालित भइरहेको बताइन्।

नियमित गस्तीका क्रममा कुनै उम्मेदवारसँग सम्बन्धित व्यक्तिको आसपास सुरक्षाकर्मी देखिनु संयोग मात्र हुन सक्ने जनाउँदै त्यसलाई विशेष सुरक्षा दिइएको अर्थमा नबुझ्न उनले आग्रह गरिन्। आवश्यकताअनुसार थप सुरक्षाकर्मीसमेत परिचालन गरिने उनको भनाइ छ।

यसैगरी, हराएका हतियारको खोजी कार्य निरन्तर जारी रहेको जानकारी दिँदै ती हतियार प्रयोगमा नआउने सुनिश्चित गर्न खोजी कार्यलाई तीव्र बनाइएको प्रहरी उपरीक्षक खड्काले बताइन्।

यसअघि म्याग्दी र काभ्रे जिल्लाको कमाण्ड सम्हालिसकेको अनुभव उल्लेख गर्दै उनले झापामा शान्ति सुव्यवस्था सुदृढ बनाउने, अपराध न्यूनीकरण तथा नियन्त्रणसँगै खुला सीमाबाट हुने चोरी निकासी, लागुऔषध ओसारपसार र मानव बेचबिखनजस्ता अवैध गतिविधि नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखिएको बताइन्। नेपाल प्रहरीले दिएको म्याण्डेट पूर्ण रूपमा कार्यान्वयन गर्न आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४