Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

रास्वपाका उम्मेदवार सुदन गुरुङको घरदैलो अभियान चुमनुब्रीबाट औपचारिक सुरु


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १४ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । आगामी प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै गोरखा निर्वाचन क्षेत्र नम्बर–१ मा राजनीतिक सरगर्मी बढ्दै गएको छ। यसैक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार रहेका सुदन गुरुङले आफ्नो चुनावी क्षेत्रबाट औपचारिक रूपमा घरदैलो अभियान सुरु गरेका छन्।

गोरखाको दुर्गम तथा भौगोलिक रूपमा विकट मानिने चुमनुब्री गाउँपालिकाबाट अभियानको सुरुवात गर्दै गुरुङले जनतासँग प्रत्यक्ष भेटघाट र संवाद थालेका हुन्। मंगलबार बिहान सामाजिक सञ्जालमार्फत मतदातासँग साक्षात्कार गर्दै उनले आफ्नो उम्मेदवारी पदप्राप्तिको चाहनाभन्दा मातृभूमिप्रतिको उत्तरदायित्वबाट प्रेरित रहेको स्पष्ट पारे।

गुरुङले भने, “यो यात्रा कुनै पदको लालसाले होइन, गोरखाको माटोप्रतिको कर्तव्य र देशप्रतिको जिम्मेवारीले सुरु गरेको हुँ। वीरहरूको भूमि गोरखाले दिएको ऐतिहासिक पहिचान र संस्कारलाई शिरोधार्य गर्दै म जनताको दैलोमा आएको छु।”

घरदैलो अभियानका क्रममा मतदाताको साथ, विश्वास र आशीर्वाद नै आफ्नो मुख्य ऊर्जा भएको उनले उल्लेख गरेका छन्। विगतमा अधुरा रहेका सपना पूरा गर्ने, जनताले भोग्दै आएका कष्टकर दिनहरूको अन्त्य गर्ने र विकास तथा सुशासनमार्फत जनताको भरोसाको ऋण तिर्ने प्रतिबद्धता समेत उनले जनाएका छन्।

सामाजिक सञ्जालमा गुरुङले लेखेका छन्, “देशभन्दा ठुलो केही छैन र जनताको सेवाभन्दा ठुलो सम्मान केही छैन। गोरखाको सम्मान, समाजको उज्ज्वल भविष्य र समृद्ध नेपालका लागि हामी सँगै अघि बढ्नुपर्छ।”

घरदैलो अभियानमार्फत गोरखा–१ का विभिन्न बस्तीमा पुगेर स्थानीय समस्या सुन्ने र समाधानका प्रतिवद्धता जनाउने योजना रहेको रास्वपाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४