Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गगन थापाले खोजे देउवाको साथ, महामन्त्रीमार्फत ७७ जिल्लाका सभापतिलाई पत्र


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १४ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै देशभरका आफ्ना सांगठनिक संरचनालाई चुनावी अभियानमा होमिन निर्देशन दिएको छ । पार्टीको केन्द्रीय सचिवालयले ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिहरूलाई विशेष परिपत्र जारी गर्दै निर्वाचनको तयारीमा जुट्न औपचारिक आह्वान गरेको हो ।

विशेष महाधिवेशनपछिको तरल राजनीतिक अवस्था र आन्तरिक समीकरणका बीच महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले यो परिपत्र जारी गरेका हुन् । परिपत्रमा विशेष महाधिवेशनमा सहभागी भएका वा नभएका, तथा प्रक्रियाप्रति सहमत वा असहमत रहेका सबै पक्षलाई पार्टीको विधि र विधानलाई आत्मसात् गर्दै साझा लक्ष्यमा केन्द्रित हुन आग्रह गरिएको छ ।

पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धालाई स्वाभाविक लोकतान्त्रिक प्रक्रियाका रूपमा व्याख्या गर्दै कांग्रेसले अब ‘हार र जित’को मानसिकताबाट माथि उठ्न कार्यकर्तालाई अपिल गरेको छ । परिपत्रमा भनिएको छ, ‘विगतका मनोमालिन्य र चुनावी परिणामको तिक्ततालाई बिर्सेर अबको ध्यान केवल आसन्न निर्वाचनमा कांग्रेसलाई विजयी गराउनेतर्फ केन्द्रित हुनुपर्छ ।’

हालै सम्पन्न विशेष महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भए पनि निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले उक्त प्रक्रियालाई पूर्ण रूपमा स्वीकार गरिसकेको छैन । यसै सन्दर्भमा, पार्टीलाई थप सुदृढ बनाउन निवर्तमान सभापति देउवाको अनुभव र सहयोग अपरिहार्य रहेको नेतृत्वले महसुस गरेको छ । ‘वर्तमान राजनीतिक चुनौतीहरूको सामना गर्न र लोकतान्त्रिक प्रक्रियालाई सफल बनाउन निवर्तमान सभापति शेरबहादुर देउवालगायत पार्टीका विभिन्न तहमा रहेका अनुभवी नेताहरूको पूर्ण साथ रहने विश्वास लिएका छौँ,’ परिपत्रमा उल्लेख छ ।

नेतृत्वले विगतमा भएका कमी-कमजोरीहरूको समीक्षा गर्दै आत्मलोचनासमेत गरेको छ । प्राप्त उपलब्धिहरूलाई समयको मागअनुसार संस्थागत गर्दै अघि बढ्ने प्रण गर्दै कांग्रेसले अबको यात्रा ‘बदलिएको कांग्रेस’को हुने उद्घोष गरेको छ । परिपत्रमा भनिएको छ, ‘आजसम्मका उपलब्धिहरूलाई समयको पदचापअनुसार संस्थागत गर्ने संकल्प हामीले गरेका छौँ । अब कांग्रेस बदलिएको छ र थप बदलिनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४