Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिमी वायु सक्रिय: सुदूरपश्चिमदेखि गण्डकीसम्म हिमपात र वर्षाको चेतावनी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १४ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । नेपालमा फेरि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएको छ । यसको प्रभावले आज मंगलबारदेखि देशको पश्चिमी क्षेत्रबाट मौसममा ठूलो बदलाव आउने र सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्म हिमपात र वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सन्जिव अधिकारीका अनुसार आज मंगलबार दिउँसोदेखि नै सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपात र वर्षा सुरु हुनेछ । ‘यो प्रणाली क्रमिक रूपमा पूर्वतिर सर्दै जाने क्रममा आज राति सुदूरपश्चिम, कर्णाली र गण्डकीका केही स्थानमा मध्यम खालको हिमपात र वर्षा हुने सम्भावना छ,’ उनले भने ।

मौसमविदहरूले सुदूरपश्चिमदेखि गण्डकी प्रदेशसम्मका उच्च पहाडी भेगमा मध्यमदेखि भारी हिमपात हुनसक्ने प्रक्षेपण गरेका छन् । लुम्बिनी र सुदूरपश्चिमका तराई तथा पहाडी क्षेत्रका केही स्थानमा भने मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।

संघीय राजधानी काठमाडौंमा भने भोलि बुधबार मात्र पानी पर्ने देखिएको छ । बुधबार दिउँसोतिर काठमाडौं उपत्यकामा सामान्य वर्षा हुने र आसपासका उच्च भूभागमा हल्का हिउँ पर्न सक्ने अनुमान गरिएको छ । कोशी र बागमती प्रदेशका हिमाली भेगमा पनि हल्का हिमपातको सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए । यो मौसमी प्रणाली धेरै दिन नरहने देखिएको छ । बुधबार रातिदेखि मौसममा क्रमिक सुधार आउने र बिहीबारदेखि देशभरिको आकाश सफा हुने मौसमविद्हरूको भनाइ छ ।

यस वर्षको हिउँद तुलनात्मक रूपमा सुक्खा रहेको छ । जल तथा मौसम विज्ञान विभागले पहिले नै यस वर्ष हिउँदे वर्षा कम हुने प्रक्षेपण गरेको थियो । मौसमविद् मदन सिग्देलका अनुसार जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा नेपालमा हिउँदे झरी पर्ने क्रम घट्दै गएको छ । विगतमा चार-पाँच पटकसम्म हुने यस्तो वर्षा अहिले एक-दुई पटकमा सीमित हुन थालेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४