Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १३ २०८२
  • 1.3K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाका पूर्वमेयर तथा झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालेन शाहविरुद्ध निर्वाचन आयोगमा औपचारिक उजुरी दर्ता भएको छ।

उजुरीमा बालेन शाहले सामाजिक सञ्जालमार्फत प्रमाणविनै गम्भीर आरोप लगाएको, जसले निर्वाचन आचारसंहिता, प्रचलित कानून तथा लोकतान्त्रिक बहसको मर्यादा उल्लंघन गरेको दाबी गरिएको छ।

उजुरीकर्ताका अनुसार बालेनले प्रयोग गरेका अभिव्यक्तिहरूले व्यक्तिको प्रतिष्ठामा आँच पुर्‍याउने र मतदातालाई भ्रममा पार्ने सम्भावना रहेको छ। सो विषयमा निर्वाचन आयोगले अभिव्यक्तिको छानबिन गरी आचारसंहिता विपरीत ठहरिए आवश्यक कारबाही गर्नुपर्ने माग गरिएको छ।

यसैगरी, महोत्तरीसहित विभिन्न क्षेत्रमा रास्वपाले भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको आरोप लगाउँदै उक्त विषयमा समेत छानबिनको माग उजुरीमा समावेश गरिएको छ।

निर्वाचन आयोगले उजुरी अध्ययन गरी प्रक्रिया अनुसार अघि बढ्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४