Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सर्वोच्चले कांग्रेसको विशेष महाधिवेशनविरुद्धको अन्तरिम आदेश अस्वीकार गर्यो


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ ७ २०८२
  • 1.2K
    SHARES

काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय तत्काल रोक्नुपर्ने माग अस्वीकार गरेको छ।

निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिट निवेदनमा अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर गर्दै अदालतले दुवै पक्षलाई छलफलका लागि बोलाएको छ। न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो।

यस आदेशसँगै गगन थापा नेतृत्वको कार्यसमितिले आफ्नो कामकाज अघि बढाउने बाटो खुलेको छ।

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई अवैध भएको दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई वैधता दिएको निर्णयपछि उनीहरू अदालत पुगेका थिए।

रिट निवेदक पक्षका कानुन व्यवसायीले बहसको क्रममा थापा नेतृत्वको कार्यसमिति भंग हुनुपर्ने माग पनि अघि सारेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४