Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न तयारी


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष २९ २०८२
  • 3.4K
    SHARES

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा आठौं पटक २० अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ज’ जारी गर्न लागेको छ।

केन्द्रीय बैंकले पुस १४ गते पहिलो पटक २५ अर्ब रुपैयाँ बराबरको ‘ऋणपत्र २०८३ क’ जारी गरेको थियो भने सोमबार पनि २५ अर्बको बन्ड जारी गरेको थियो। मंगलबार जारी हुने नयाँ ऋणपत्र एक वर्ष अवधिको हुनेछ।

ऋणपत्र अनलाइनमार्फत आवेदन दिन सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। यसमा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्था (काउन्टरपार्टी) मात्रै सहभागी हुन पाउने छन्। इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग लिँदै कुल आह्वान रकमसम्म आवेदन दिन सक्ने व्यवस्था रहेको छ।

राष्ट्र बैंकले केही समयअघिसम्म निक्षेप संकलन उपकरण वा रिभर्स रिपोमार्फत तरलता व्यवस्थापन गर्दै आएकोमा पछिल्लो समय ऋणपत्रमा जोड दिँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४