Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

व्रिटिस सेनामाथिको विजय दिवस मनाइने तयारी


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १७ २०८२
  • 3K
    SHARES

काठमाडौं ।पर्साको ऐतिहासिक पर्सागढीमा नेपाली सेनाले ब्रिटिस सेनामाथि विजय हासिल गरेको सम्झनामा २११औँ विजय उत्सव मनाइने भएको छ ।

पर्सागढी नगरपालिका, पर्सागढी मन्दिर व्यवस्थापन समिति तथा नेपाली सेनाको श्रीजंग गण, वीरगञ्जको आयोजनामा विजय उत्सव मनाउन लागिएको हो ।

विजय उत्सव पुस १९ गते मनाइनेछ । स्थानीयको सहयोगमा नेपाली सेनाले रातको समयमा राँको बाल्दै ब्रिटिस सेनामाथि विजय हासिल गरेको ऐतिहासिक घटनाको स्मरणस्वरूप प्रत्येक वर्ष यो उत्सव मनाइँदै आएको छ ।

विजय उत्सवका अवसरमा पर्सागढी नगरपालिकाभित्र रहेका १४ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरू झाँकीसहित कार्यक्रममा सहभागी हुनेछन् ।

उत्सवका क्रममा खुकुरी नाच, नेपाली सेनाको ब्याण्ड बाजा, स्थानीय थारू समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ भने ऐतिहासिक र्याली पनि निकालिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४