Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फागुन २१ को निर्वाचनबाट नयाँ शक्ति उदय हुनुपर्ने मन्त्री घिसिङको धारणा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष १० २०८२
  • 4.2K
    SHARES

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री कुलमान घिसिङले फागुन २१ गतेको निर्वाचनलाई नयाँ शक्ति उदयको प्रस्थान बिन्दु बनाउनुपर्ने बताएका छन् ।

उज्यालो नेपाल पार्टीको कार्यालय उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले फागुन २१ को चुनावलाई चुनावको रूपमा मात्रै लिन नहुनेमा बताए । जेनजी आन्दोलनबाट स्थापित भएको सरकारले तोकिएको समयमा नै निर्वाचन गर्ने उल्लेख गर्दै उनले देशमा चुनावको माहौल बनिरहेको पनि दाबी गरे ।

उनले नयाँ सबै शक्तिहरू एकजुट भएर नेपालको समृद्धि, सुशासन, देशभित्रै रोजगारी सिर्जना, सामाजिक न्यायको स्थापनाको लागि अगाडी बढ्नुपर्ने बताए । जेन–जी आन्दोलनको स्प्रिड पनि यही रहेको उनको भनाई छ । उनले चुनावबाट फेरि पुरानै शक्तिहरूको उदय भएमा ठुलो दुर्भाग्य हुने बताए ।

उनले नयाँ राजनीतिक दल, समूह र व्यक्तिहरू एकताबद्ध भएर लाग्नुपर्ने आजको आवश्यकता औँल्यायो । सम्पूर्ण नेपालीहरूको चाहनाअनुसार नयाँ शक्तिहरू एकठाउँमा आउने गरी प्रयासहरू भइरहेको उनले जानकारी दिए ।

उनले भने ‘अहिले देशमा चुनावको माहौल बढिरहेको छ । जेन–जी आन्दोलनबाट जुन सरकार स्थापित भएको छ । आजको परिस्थिति जुन हिसाबले बनेको छ, यो सरकारले फागुन २१ मा चुनाव गर्ने हो । फागुन २१ को चुनावलाई चुनावको रूपमा मात्रै होइन, नयाँ शक्तिहरूको उदयको प्रस्थान बिन्दु पनि हुनुपर्छ भन्ने हामी सबैले कामना गर्नुपर्छ । यसतर्फ हामी अगाडी बढ्नुपर्छ । सबै देशभित्र र बाहिर भएका सम्पूर्ण नेपालीहरूले अब एकताबद्ध भएर नयाँ शक्ति, नयाँ नेतृत्वहरूको एउटा समूह, टिम अगाडी बढ्नुपर्छ । युवापुस्ता नेपालको समृद्धिको लागि, सुशासनको लागी अगाडी बढ्नुपर्छ । जेन–जी आन्दोलनको स्प्रिड पनि यही थियो । देशमा सुशासन कायम गर्ने, रोजगारी सिर्जना गर्ने, देशको समृद्धिको लागी अगाडी बढ्ने जुन स्प्रिडमा जेनजी आन्दोलन भयो । यसको रिजल्ट यदि राम्रो आएन, फेरि पनि त्यही स्थितिमा देश फर्कियो भने त्यो भन्दा ठुलो दुर्भाग्य केही पनि हुँदैन । अब आगामी दिन यो देशलाई माथि लान, देशलाई समृद्धतर्फ अघि बढाउन अब नयाँ पुस्ता, युवा पुस्ता र नयाँ शक्तिहरू एकताबद्ध भएर अगाडी बढ्नुपर्ने आजको आवश्यकता हो । त्यसैले यसतर्फ हामी सम्पूर्ण नयाँ शक्तिहरू, नयाँ व्यक्तित्वहरू जसले यो देशमा केही गरौँ भनेर डेलिभरी दिइरहेको छ, केही गरौँ भनेर लागी राख्नुभएको छ । यी तमाम व्यक्तित्वहरू, समूहहरू, पार्टीहरू एकताबद्ध हुनु आजको आवश्यकता हो र नयाँ नेतृत्वहरू स्थापित गर्दै अगाडी बढ्नुपर्छ ।’

उज्यालो नेपाल पार्टीका संरक्षक समेत रहेको उनले स्थापनाको छोटो समयमा नै पार्टीले देशभर तरङ्ग ल्याएको पनि दाबी गरे । उनले नयाँ शक्तिलाई एकजुट गराउने नेतृत्व उज्यालो नेपाल पार्टीले गर्ने विश्वास व्यक्त गरे ।

उनले पार्टीको कार्यालयसँगै देशको समृद्धि, सुशासन र सामाजिक न्यायको अगाडीको बाटो पनि उद्घाटन भएको दाबी गरे । भ्रष्टाचारमुक्त, सुशासित, समृद्ध, आत्मनिर्भर अर्थतन्त्र भएको देश निर्माण गर्न तथा रोजगारी र सामाजिक न्यायको पक्षमा यो पार्टी लाग्ने उल्लेख गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४