Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एमालेको नेतृत्व कसको हातमा ? ओली र ईश्वरबीच प्रतिस्पर्धा, साढे १० बजेभित्र नतिजा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष ३ २०८२
  • 4.1K
    SHARES

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि सम्पन्न मतदानको अन्तिम परिणाम आज सार्वजनिक गर्ने तयारी गरिएको छ। विद्युतीय भोटिङ मेसिनमार्फत मतदान भएकाले मतगणना सुरु भएको करिब तीन घण्टाभित्र नतिजा आउने केन्द्रीय निर्वाचन आयोगले जनाएको छ।

केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार आवश्यक प्राविधिक प्रक्रिया पूरा गरी बिहान ८ बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको हो। मुचुल्का उठाउने र दलीय प्रतिनिधिबीच सहमति कायम गर्ने प्रक्रिया सम्पन्न भएपछि गणना थालिनेछ। उपाध्यक्ष पोखरेलले भने, “हाम्रो तयारी र लक्ष्य बिहान साढे १० बजेसम्म सम्पूर्ण नतिजा सार्वजनिक गर्ने हो।”

नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९:१२ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो। निर्वाचनमा ८० वटा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो। कुल २ हजार २ सय ६३ प्रतिनिधि मतदाता रहेको महाधिवेशनमा २ हजार २ सय २७ जनाले मतदान गरेका छन् भने ३६ जना प्रतिनिधि अनुपस्थित रहेका छन्।

एमालेको ३०१ सदस्यीय केन्द्रीय कमिटीका लागि ६ सय ४२ जनाको उम्मेदवारी परेको छ। नेतृत्वको मुख्य प्रतिस्पर्धामा अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४