Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अन्ततः हायात होटलले निकाल्यो सबै कर्मचारी “सूचना”


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक २७ २०८२
  • 4.2K
    SHARES

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको चपेटामा परेको हायात रिजेन्सी होटलले अन्ततः सम्पूर्ण १३३ जना कर्मचारीलाई निष्कासन गरेको छ । आन्दोलनका क्रममा भएको क्षति र होटल मर्मत सम्भारको बोझका कारण व्यवस्थापनले कर्मचारीलाई काममा लगाउन नसक्ने भन्दै मंसिर २२ गतेदेखि लागू हुने गरी श्रम ऐन २०७४ बमोजिम श्रमिक कटौतीको निर्णय गरेको हो ।

मंगलबार राति सूचना जारी गर्दै हायात रिजेन्सीका महाप्रबन्धक आशिष कुमारले होटल सञ्चालनमा नभएको अवस्थामा कर्मचारीलाई तलब दिन असमर्थ रहेको र मर्मत खर्च धान्न आर्थिक स्रोत जुटाउनुपर्ने बाध्यता औंल्याएका छन् । भदौमा भएको जेनजी आन्दोलनका क्रममा हायात होटलमा ठूलो क्षति पुगेको थियो । आन्दोलनकारीले होटलमा तोडफोड गर्दा करोडौं रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान छ । 

क्षतिग्रस्त होटलको मर्मतका लागि ठूलो आर्थिक लगानी आवश्यक पर्ने र यस अवधिमा होटलबाट कुनै आम्दानी नहुने हुँदा कर्मचारीलाई निरन्तरता दिन नसकिने अवस्था आएको व्यवस्थापनको भनाइ छ । कर्मचारी व्यवस्थापन सम्बन्धी विकल्पहरूको सम्बन्धमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियनहरूसँग छलफल गरिए पनि कुनै निष्कर्षमा पुग्न नसकिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४