Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पश्चिमी वायुको प्रभाव : यी भूभागमा वर्षा र हिमपात, सतर्क रहन अनुरोध


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, कार्तिक १३ २०८२
  • 4.2K
    SHARES

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र अरब सागरमा विकसित न्यून चापीय प्रणालीको दोहोरो प्रभाव रहेको जनाएको छ । यसैको असरले देशभर बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार, अहिले गण्डकी प्रदेशका केही भाग, कोशी, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा मध्यम वर्षासहित हिमपात भइरहेको छ । बाँकी पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा पनि यस्तै अवस्था छ ।

दिउँसोको पूर्वानुमान:
आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी पहाडी भूभागमा सामान्यतया बदली रहनेछ । तराईका भूभागमा आंशिक बदली देखिनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

रातिको पूर्वानुमान:
आज राति देशभर आंशिक बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना कायम रहनेछ ।

नदीमा बहाव र आकस्मिक बाढीको जोखिम:
आज देशका बागमती, कमला, कोशी र कन्काई नदी तथा यिनका सहायक नदीहरूमा पानीको बहाव उल्लेखनीय रूपमा बढ्नेछ । यी क्षेत्रमा सतर्कता तह आसपास पुग्न सक्ने देखिएको छ । विशेष गरी कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भएर बग्ने स-साना नदीनालामा आकस्मिक बहावको सम्भावना रहेको छ ।

बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली; मधेस प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी; र कोशी प्रदेशका सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बग्ने स-साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहेको महाशाखाले चेतावनी दिएको छ ।

प्रभाव र सावधानी:
सम्भावित वर्षा र हिमपातका कारण नदीनालामा आकस्मिक बहाव, पहिरोलगायतका जोखिमका साथै दैनिक जनजीवन, सडक तथा हवाई यातायात, कृषि, पर्यटनलगायतका क्षेत्रहरूमा प्रभाव पर्न सक्ने सम्भावना रहेको छ । तसर्थ, सम्बन्धित क्षेत्रका बासिन्दा तथा यात्रुहरूलाई सतर्क रहन र आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४