Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दसैँको फूलपातिमा देशभर बदली, कहाँ-कहाँ छ भारी वर्षाको सम्भावना ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १३ २०८२
  • 2.6K
    SHARES

काठमाडौं । दसैँको फूलपातिको दिन आज (सोमबार) देशभरको मौसम पूर्णतया सफा नरहने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाव कमजोर रहे पनि स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न भागमा बदली र वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले आज बिहान जारी गरेको आगामी २४ घण्टाको मौसम बुलेटिनअनुसार, दिउँसो देशभरका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ ।

विशेषगरी कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यसका साथै, अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र तराईका एक-दुई स्थानमा पनि मध्यम वर्षा हुने अनुमान गरिएको छ । यति मात्र होइन, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ । गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा, कोशी प्रदेश, बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज बिहानैदेखि राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । दसैँ मनाउन घर निस्केका सर्वसाधारणलाई मौसमको यो परिवर्तनले केही असहज बनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४