Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दुई वर्षपछि घरेलु मैदानमा नेपाली राष्ट्रिय टोली, आज बंगलादेशसँग प्रतिस्पर्धा


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र २१ २०८२
  • 5.4K
    SHARES

काठमाडौं । नेपालले करिब दुई वर्षपछि आफ्नो घरेलु मैदान दशरथ रंगशालामा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । फिफा विन्डोअन्तर्गत आज साँझ ५:३० बजे हुने यस खेलमा नेपालले पाहुना टोली बंगलादेशको सामना गर्नेछ ।

यो खेल दुवै टोलीका लागि आगामी एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ । लामो समयपछि घरेलु मैदानमा खेल्न पाउनु नेपाली टोलीका लागि विशेष अवसर हो । कप्तान किरण चेम्जोङले यस विषयमा आफ्नो उत्साह व्यक्त गर्दै खेल अत्यन्त रोचक हुने अपेक्षा राखेका छन् । ‘घरेलु दर्शकमाझ खेल्न पाउनु हाम्रो लागि ठूलो प्रेरणा हो । हामी जितका लागि तयार छौं र खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,’ चेम्जोङले भने ।

नेपाली टोलीका मुख्य प्रशिक्षक म्याट रसले पनि जितको रणनीतिसहित मैदानमा उत्रने बताएका छन् । उनले बंगलादेशको टोलीलाई बलियो प्रतिद्वन्द्वीको रूपमा हेरेका छन् र राम्रो प्रतिस्पर्धाको अपेक्षा गरेका छन् । ‘हामीले बंगलादेशविरुद्ध राम्रो तयारी गरेका छौं । यो खेल हाम्रो क्षमता प्रदर्शन गर्ने र एसियन कप छनोटको तयारीलाई अगाडि बढाउने उत्कृष्ट अवसर हो,’ रसले थपे ।

बंगलादेशका प्रशिक्षक जेभियर क्याब्रेराले पनि नेपाल आउनुअघि टोलीले राम्रो तयारी गरेको र यहाँ आएर खेल्न उत्साहित रहेको बताएका छन् । बंगलादेशी कप्तान जमाल भुयाले पनि यो मैत्रीपूर्ण खेल एसियन कप छनोटका लागि उत्कृष्ट तयारी हुने विश्वास व्यक्त गरेका छन् । दुवै टोलीका लागि यो खेल केवल मैत्रीपूर्ण नभई भविष्यका ठूला प्रतियोगिताका लागि आत्मविश्वास बढाउने अवसर पनि हो ।

नेपाल र बंगलादेशबीच दुई मैत्रीपूर्ण खेल खेलिनेछ । पहिलो खेल आज हुँदैछ भने दोस्रो खेल मंगलबार हुनेछ । यी दुई खेलको समग्र परिणामका आधारमा विजेता घोषणा गरिनेछ । यदि दुवै खेलबाट स्पष्ट नतिजा नआएमा, दोस्रो खेलपछि सिधै पेनाल्टी सुटआउटमार्फत विजेता टुंगो लगाइने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । शृंखलाको विजेता टोलीले ट्रफी र पदक प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४