Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सिताराम घिमिरे र संगीता गुरुङको आवाजमा “टोपी ढाकाको” सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १५ २०८२
  • 7.3K
    SHARES

काठमाडौं । गायक तथा मोड्ल सिताराम घिमिरे र गायिका संगीता गुरुङको स्वरमा सजिएको “टोपी ढाकाको” बोलको नयाँ गीत सार्वजनिक भएको छ। अन्नत फिल्मस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतले नेपाली सांस्कृतिक पहिचानमा आधारित विषयवस्तुलाई समेट्दै अहिले चर्चा बटुलिरहेको छ।

गीतले नेपाली मौलिकता र पहिचानको प्रतीक ढाका टोपीलाई केन्द्रमा राखेको छ। नेपाली संस्कृति र परम्पराको अमूल्य प्रतीकका रूपमा रहेको ढाका टोपीलाई गीतमार्फत उजागर गर्दै, दर्शकमा राष्ट्रिय पहिचानप्रतिको गर्व भाव जगाउने प्रयास गरिएको छ।

गीतका शब्द सुदीप परियारले लेखेका हुन् भने संगीत संयोजन कृष्ण के।सी।ले गरेका छन्। मिक्सिङ,मास्टरिङ विनोद परियारको रहेको छ। प्राविधिक पक्षमा अनुभवी छायाँकार अनिल जी।सी।‘बुलेट’ ले गरेकाछन् । दृश्य सम्पादन र रंग संयोजनले गीतलाई आकर्षक बनाएको छ। गीतको निर्देशन गायक स्वयं सिताराम घिमिरेले गरेका हुन्।

गीतमा सिताराम घिमिरे र सम्झना तिमिल्सिनाको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ । निर्माण पक्षको नेतृत्व अनन्त कुमारी घिमिरेले गरेकी छिन् , जसले समग्र व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निभाएकी छिन् ।

गीत सार्वजनिक भएसँगै दर्शक श्रोतामाझ राम्रो प्रतिक्रिया प्राप्त भइरहेको छ। सांगीतिक बजारमा मौलिकता र नेपाली पनको खोजी भइरहेका बेला आएको यो गीतले दर्शकमाझ नयाँ स्वाद र सन्देश दिन सफल हुने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४