Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चक्रे मिलनलाई १ लाख १० हजार धरौटीमा रिहा गर्न आदेश


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, साउन ३२ २०८२
  • 4.4K
    SHARES

काठमाडौं । जिल्ला अदालत भक्तपुरले ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा पक्राउ परेका चक्रे मिलन भनेर चिनिने मिलन गुरुङलाई १ लाख १० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले धरौटीमा रिहा गर्ने आदेश दिएको जिल्ला अदालत भक्तपुरकी सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन् ।

सरकारी वकिलको कार्यालय भक्तपुरले चक्रे मिलनविरुद्ध मनिष रायमाझीमाथि खुकुरी प्रहार गर्न लगाएको आरोपमा ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरेको थियो ।

२०७८ भदौ १० गते मध्यपुर थिमि नगरपालिका–२, सानोठिमीस्थित एक रेष्टुरेन्टमा रायमाझीमाथि खुकुरी प्रहार भएको घटनामा मिलन संलग्न भएको आरोप छ । घटनामा संलग्न भनिएका अजित खवासलाई प्रहरीले यसअघि पक्राउ गरेको थियो । उनी हाल सफाइ पाएर छुटिसकेका छन् ।

मिलन गुरुङले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् । उनले सरकारी वकिलको कार्यालयमा दिएको बयानमा मनिष रायमाझीलाई चिनेकोसमेत नदेखिएको दाबी गरेका छन् ।

उनले आफूले अजित खवासलाई पनि नचिनेको, र पूर्वयोजनासहित कसैलाई आक्रमण गराउने कुरा निराधार भएको बताएका छन् । उनले घटनामा शंकाकै भरमा आफूलाई तानिएको दाबी गरेका छन् ।

यसअघि काठमाडौं प्रहरीले साउन १५ गते मध्यराति महाराजगन्जस्थित एक स्थानबाट चक्रे मिलनसहित १९ जनालाई जन्मदिन मनाउनेक्रममा होहल्ला गरेको आरोपमा पक्राउ गरेको थियो ।

त्यस सम्बन्धी अभद्र व्यवहारको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई ३० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४