Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दर्शन गरेर फर्किरहेको कार ट्रकसँग ठोकिँदा १० तीर्थयात्रीको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, साउन २९ २०८२
  • 2.3K
    SHARES

काठमाडौं । भारतको राजस्थानमा भएको भीषण सडक दुर्घटनामा ७ बालबालिकासहित कम्तीमा १० जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार, दौसा जिल्लामा मन्दिर दर्शन गरेर फर्किरहेका भक्तजनहरू सवार एउटा कार सडकमा रोकिराखेको पिकअप ट्रकसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको हो ।

प्रसिद्ध खाटुश्याम मन्दिरबाट फर्किरहेका उनीहरूको कार तीव्र गतिमा रहेका कारण पार्किङमा रहेको ट्रकसँग ठोक्किएको बताइएको छ । दुर्घटना यति शक्तिशाली थियो कि कारमा सवार ७ बालबालिका र ३ महिलाले घटनास्थलमै ज्यान गुमाए । स्थानीय प्रहरी अधीक्षक सागर राणाले घटनाको पुष्टि गर्दै भने, ‘खाटुश्याम मन्दिरबाट फर्किरहेका भक्तजनहरू दुर्घटनामा परेको जानकारी आएको छ । अहिलेसम्म १० जनाको मृत्यु भएको रिपोर्ट छ ।’

उनका अनुसार, दुर्घटनामा गम्भीर घाइते भएका करिब ७ देखि ८ जनालाई थप उपचारका लागि जयपुरस्थित एसएमएस अस्पतालमा पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४