Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राजनीतिमा फर्किएको घोषणा गर्ने पूर्वराष्ट्रपति विद्याको तयारी, राष्ट्रिय सभागृहमा चहलपहल


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार १४ २०८२
  • 2K
    SHARES

काठमाडौं । दुई कार्यकाल राष्ट्रपति भवन शीतल निवासमा बिताएर बिदा भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गर्ने तयारी गरेकी छन् । काठमाडौंको राष्ट्रिय सभागृहमा आज (शनिबार) आयोजना हुने मदन भण्डारी फाउन्डेशनको विशेष कार्यक्रममार्फत उनले आफ्नो राजनीतिक पुनरागमनको औपचारिक सन्देश दिने तयारी गरेकी हुन् ।

यो कार्यक्रम एमाले वृत्तमा निकै चासोका साथ हेरिएको छ । स्रोतकाअनुसार कार्यक्रममा प्रमुख अतिथि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली हुनेछन् भने भण्डारी विशेष अतिथिका रूपमा मञ्चमा हुनेछिन् । पूर्वराष्ट्रपतिले अध्यक्षकै उपस्थितिमा आफ्नो राजनीतिक भविष्यको खाका प्रस्तुत गर्ने घटनाले एमालेभित्र शक्ति सन्तुलनमा नयाँ अध्याय सुरु हुने अनुमान गरिएको छ ।

राष्ट्रपति पदबाट बाहिरिएलगत्तै भण्डारी राजनीतिक रूपमा निष्क्रिय बसेकी थिइनन् । उनले कोशी, लुम्बिनी र कर्णाली प्रदेशको भ्रमण गर्नुका साथै उत्तरी छिमेकी चीनको समेत उच्चस्तरीय भ्रमण गरेकी थिइन्। चिनियाँ नेताहरूले नेपालका कम्युनिष्ट दलहरूलाई एकताबद्ध गरी नेतृत्व लिन दिएको शुभेच्छाले उनको राजनीतिक महत्त्वाकांक्षालाई थप बल पुर्‍याएको उनीनिकट नेताहरू बताउँछन् ।

यसबीचमा उनले एमाले अध्यक्ष ओलीसँग पटक-पटक संवाद गरेकी छन् । केही दिनअघि बालुवाटारमै भएको भेटलाई भण्डारीको पुनरागमन सुनिश्चित गर्ने ‘अर्थपूर्ण संवाद’का रूपमा व्याख्या गरिएको छ । यद्यपि, यी संवादबारे पार्टी सचिवालयले औपचारिक रूपमा केही बोलेको छैन ।

उनीनिकट मानिने एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापाका अनुसार पूर्वराष्ट्रपति भण्डारीले आजको कार्यक्रममा महत्त्वपूर्ण राजनीतिक विषयवस्तुमा सम्बोधन गर्नेछिन् । ‘उहाँ सक्रिय राजनीतिमा फर्किने वा नफर्किने भन्ने स्पष्ट हुनका लागि आजको सम्बोधन नै कुर्नुपर्छ, तर उहाँले राजनीतिक विषयमा बोल्ने निश्चित छ,’ थापाले भने ।

भण्डारीको पुनरागमनको समयलाई निकै रणनीतिक मानिएको छ । आगामी भदौमा एमालेको दोस्रो विधान महाधिवेशन हुँदैछ, जहाँ ‘७० वर्षे उमेर हद’को प्रावधान पेचिलो बन्ने निश्चित छ । हाल ७४ वर्षका अध्यक्ष ओली यो प्रावधान हटाएर नेतृत्वमा निरन्तरता चाहन्छन् । तर, भण्डारी ७० वर्षे उमेर हदलाई कायमै राखेर पार्टीमा पुस्तान्तरण र नयाँ नेतृत्वको पक्षमा उभिएकी छन् ।

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल लगायतका नेताहरूले सार्वजनिक रूपमै ७० वर्षे प्रावधान लागू हुनुपर्ने बताइरहेको अवस्थामा भण्डारीको पुनरागमनले यस बहसलाई थप उत्कर्षमा पुर्‍याउनेछ । उनको यो कदमलाई ओलीलाई सम्मानजनक बिदाइका लागि दबाब सिर्जना गर्ने रणनीतिका रूपमा समेत हेरिएको छ ।

भण्डारीको पुनरागमनले एमालेभित्र मात्र नभई समग्र वामपन्थी आन्दोलनमै तरंग ल्याउन सक्ने आकलन गरिएको छ । पार्टीबाट बाहिरिएका माधवकुमार नेपाल, भीम रावल र वामदेव गौतमजस्ता नेताहरूलाई एमालेमा फर्काउन भण्डारीले सहजकर्ताको भूमिका खेल्न सक्ने एकथरीको विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४