Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

जापानमाथि नेपालको ९ विकेटको ‘रबाफिलो’ जित


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, असार १० २०८२
  • 2.9K
    SHARES

काठमाडौं । बायाँ हाते स्पिनर शुभम खनालको घातक बलिङ र ब्याटरहरूको संयमित प्रदर्शनमा नेपालले एसिसी मेन्स यु-१६ एलिट कपमा जापानमाथि ९ विकेटको सानदार जित दर्ता गरेको छ । यो जितसँगै साविक विजेता नेपालले प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै उपाधि रक्षाको अभियानमा आफ्नो बलियो दाबेदारी प्रस्तुत गरेको हाे ।

मलेसियाको बांगीमा मंगलबार टस जितेर पहिले ब्याटिङ रोजेको जापान नेपाली बलरसामु निरीह साबित भयो र ३४.३ ओभरमा केवल ८० रनमा समेटियो । नेपालका लागि नायक बनेका शुभम खनालले आफ्नो १० ओभरको स्पेलमा मात्र १५ रन खर्चिएर ५ विकेट लिएपछि जापानको ब्याटिङ लाइनअप धराशायी बनेको थियो । उनको उत्कृष्ट बलिङसामु जापानका कप्तान चार्ली हाराहिन्जीले बनाएको ३६ रनबाहेक अन्य कुनै पनि ब्याटरले उल्लेख्य योगदान दिन सकेनन् ।

जापानलाई सस्तैमा समेट्ने क्रममा शुभमलाई अभय यादवले २ तथा शुशिल रावल र विपिन शर्माले समान १ विकेट लिएर साथ दिएका थिए । जापानले दिएको ८१ रनको सामान्य लक्ष्य नेपालले १४.२ ओभरमा मात्र १ विकेट गुमाएर सहजै पूरा गर्‍यो । नेपालको जितमा शिवान्श बजगाईंले अविजित ३८ रनको योगदान दिए भने अघिल्लो खेलका ‘प्लेयर अफ द म्याच’ प्रसिद्ध जैसी ३७ बलमा ३३ रनमा अविजित रहे । ओपनर जोय थापा १ रनमा आउट भए पनि त्यसपछिको साझेदारीले नेपाललाई सजिलै जित दिलायो ।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि नेपालले सिंगापुरलाई पराजित गरेको थियो । दुई खेलबाट ४ अंक जोडेको नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा छ । जापानको भने यो पहिलो हार हो ।

प्रतियोगितामा नेपालसहित १० टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा नेपाल, सिंगापुर, इन्डोनेसिया, भुटान र जापान छन् भने समूह ‘बी’ मा आयोजक मलेसिया, हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार रहेका छन् ।

समूह चरणको तेस्रो खेलमा नेपालले आइतबार इन्डोनेसियासँग र अन्तिम खेलमा भुटानसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । प्रतियोगिताको फाइनल खेल जुलाई ५ (असार २१) मा हुनेछ । नेपालले यसअघिका तीनै संस्करणको उपाधि जितेर ह्याट्रिक गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४