Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बोलाइयो प्रतिनिधिसभा, विपक्षीले देलान् त बैठक बस्न ?


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २७ २०८२
  • 1.2K
    SHARES

काठमाडौं । प्रतिनिधिसभाको बैठक आजका लागि बोलाइएको छ । बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो ।

पटकपटक बस्न नसकेको बैठक आज सुचारु हुन्छ अथवा हुँदैन निश्चित छैन । गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलले संसद् अवरोध गर्दै आएका छन् । गृहमन्त्री लेखक भिजिट भिसा प्रकरणमा जोडिएको हुनसक्ने भन्दै छानबिनमा सहयोग गर्न उनले राजीनामा दिनुपर्ने माग विपक्षीको छ । संसद्को अवरोध हटाउने सत्तापक्षको आग्रहमा माओवादी केही लचक भए पनि रास्वपाको भने अडान कायमै छ ।

सत्तापक्षले भिजिट भिसा प्रकरणमा अख्तियारलाई सहयोग गर्ने आसयको प्रस्ताव तयार पारेको छ । तर अख्तियारले अनुसन्धान टुंग्याएपछि के गर्ने भन्ने विषयमा अहिले नै सहमति कायम हुनुपर्ने रास्वपाको अडान छ । संसद् अवरुद्ध हुँदा जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी वर्षको बजेटमा छलफल सुरु हुन सकेको छैन । जेठ २० गतेबाट लागातार बैठक अवरुद्ध हुँदा सदन सुचारु हुन सकेको छैन ।

आज बैठकमा अवरोध नभए उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४